सिरहामा आलु बिउको अभाव « Khabarhub

सिरहामा आलु बिउको अभाव


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान – कोरोना सङ्क्रमणका कारण मुलुक बाहिरबाट थोरै मात्रामा आलुको आयात भएपछि सिरहामा आलु बिउको अभाव भएको छ ।

आलुको बढी आयात हुने भारतको पश्चिम बङ्गालबाट यस वर्ष कोरोना सङ्क्रमण र बन्दाबन्दीका कारण थोरै मात्रामा आलु आयात भएपछि बिउको अभाव भएको व्यापारीहरुले बताएका छन् । आलुको अभाव भएसँगै बजारमा बिउको मूल्यसमेत अकासिँदा किसानहरु मारमा परेका छन् ।

आलु खेती लगाउने समयमा आलु बिउमा व्यापारीहरुले अचानक मनपरी मूल्य वृद्धि गरेका कारण समस्यामा परेको किसानहरुले गुनासो गरेका छन् । गत वर्ष ५० किलो (एक बोरा) को एक हजार रुपैयाँ पर्ने आलु बिउको मूल्य यस वर्ष अहिले रु तीन हजार रुपैयाँमा बिक्री भइरहेको किसानहरुले बताएका छन् ।

आलु रोप्नका लागि खेत तयार पारेर बिउका लागि लहान बजार आइपुगेका छन् । तरेगनाका किसान शत्रुघन चौधरीले अचानक बिउको मूल्य बढेकाले समस्यामा परेको गुनासो गरे ।।

“अघिल्लो वर्ष रु एक हजारमा एक बोरा बिउ खरिद गरेको थिएँ, यस वर्ष पनि त्यहीअनुसार मूल्य होला भन्ने सोचेर बिउ खरिद गर्न आएँ तर मूल्य बढेपछि बिउ खरिद नै नगरी रितो फर्किनु परेको छ ।” अचानक बजारमा आलु बिउको मूल्य बढे पनि बजार अनुगमन नभएकाले व्यापारीहरुको मनपरी बढेको चौधरीको कथन छ ।

“एकातिर आलुको मूल्य बढेको छ भने अर्काेतिर बोरामा पनि कम तौल रहने गरेको छ”, सिरहाको सीतापुरका सुभाष साहले भने, “बोरामा ५० किलो रहेको बताए पनि घरमा लगेर जोख्दा कुनै बोरामा ४६, ४७ र ४८ किलो मात्र आलु पाइएको छ ।” बोरामा आलु कम पाइए पनि त्यस्ता व्यापारीमाथि कुनै कारवाही नभएको उनको गुनासो छ ।

सिरहाका बजारहरुमा अहिले बङ्गाली, सेतो र रातो आलुको बिउ बिक्री भइरहेको छ । यस वर्ष बङ्गाली आलु रु दुई हजार ९००, सेतो आलु रु तीन हजार १०० र रातो आलु बीउ रु तीन हजार १०० मा विक्री भइरहेको छ । बन्दाबन्दीका कारण भारतको पश्चिम बङ्गालबाट थोरै मात्रामा आलु आएको र त्यहाँबाट महँगो खरिद गरेर ल्याउनुपरेकाले महँगोमै बिक्री गर्नुपरेको व्यापारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : २० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु