३४ वर्षपछि फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

३४ वर्षपछि फरार अभियुक्त पक्राउ


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी – नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् ।

जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले विसं २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार तोकिएको १० वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ९ : ४३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र