अत्यन्तै खतरनाक हुन्छ ‘ब्रेन फग’ रोग, कसरी जोगिने ? « Khabarhub

अत्यन्तै खतरनाक हुन्छ ‘ब्रेन फग’ रोग, कसरी जोगिने ?


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं –  ब्रेन फग रोग लागेपछि सोच्ने क्षमतामा ह्रास आउँछ । यसो हुँदा जतिखेर पनि कन्फ्युज्ड र डिसअर्गनाइज्ड फील गरिन्छ । तपाईंले सोचेको र बोलेको कुरामा अन्तर हुन्छ ।

एरिजोना विश्वविद्यालयबाट एमडी गरेका विलियम ब्लाह्दले बताएअनुसार, यो रोगले मानिसको सेन्ट्रल नर्भस सिस्टमलाई प्रभावित गरेर दिमागमा असर पार्छ ।

यसलाई मल्टिपल स्क्लेरोसिस पनि भनिन्छ । धेरै मानिसलाई स्मरणक्षय, ध्यान केन्द्रित नहुने समस्या अनि योजना बनाउने र बोल्ने समस्या हुन्छ ।

स्मरण अभ्यासले तपाईंलाई सहायता दिन सक्छ । थेरापिस्टको सहयोग लिएर तपाईं रोग हटाउन सक्नुहुन्छ ।

डिप्रेसन हुँदा मानिस ब्रेन फग फील गर्छन् । यसबाट ऊर्जा क्षय हुन्छ । डिप्रेसन हटाउन मेडिकेसन र टक थेरापी प्रयोग गरेर समस्या हटाउन सकिन्छ ।

क्यान्सर ट्रिटमेन्ट

केमोथेरापीमा प्रयोग गरिने औषधि कडा हुन्छन् । त्यसले पनि रोगीलाई चीजहरू याद राख्न समस्या ल्याउँछ । उसले नाम र मिति याद गर्न सक्दैन । काम सक्न पनि उसलाई समस्या हुन्छ । उपचारपछि यो ठीक त हुन्छ तर केही मानिसलाई यसले लामो समयसम्म दुःख दिन्छ ।

रजोनिवृत्ति

महिलामा ब्रेन फगको समस्या रजोनिवृत्तिको ठीकअघि पनि हुन्छ । लास्ट पिरियड आउनुअघि महिलाहरू ब्रेन फग अनुभव गर्छन् । अनि उनीहरूलाई अचानक पसिना आउने र मुटुको धड्कन स्तर बढ्ने तथा शरीरको तापक्रम बढ्ने समस्या हुन्छ । यसो भएमा चिकित्सकसँग अवश्य परामर्श गर्नुस् ।

गर्भवती अवस्था

केही महिलाहरूलाई प्रेग्नेन्सीका बेलामा कुराहरू सम्झिन गाह्रो हुन्छ । गर्भवती हुँदा आमाको शरीरमा रिलिज हुने रसायनले बच्चालाई रक्षा र पोषण दिन्छन् । तर यसले स्मरणशक्ति पनि हर्छन् । यस्तो लक्षण देखिनेबित्तिकै चिकित्सकलाई बताइहाल्नुस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : १५ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको