नीतीश कुमार सातौंपटक बिहारका मुख्यमन्त्री बन्दै « Khabarhub

नीतीश कुमार सातौंपटक बिहारका मुख्यमन्त्री बन्दै


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले सोमबार अपराह्न साढे चार बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा सर्वसम्मतिले नीतीश कुमारलाई विधायक दलका नेताका रुपमा चयन गरेको हो ।

विधायक दलका नेताका रुपमा चयन भएपछि उनले बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् । भेटमा नीतीश कुमारलाई सरकार बनाउन राज्यपालले निमन्त्रणा दिएकाे बताइएकाे छ ।

नीतीश कुमारले भनेका छन्, ‘एनडीए बैठकमा मलाई फेरि एक पटक आफ्नो नेताका रुपमा चयन गरेको छ । राज्यपाललाई हामीले पत्र दिएका छौँ, उनले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गरेका छन् । भोलि क–कसले शपथ लिन्छ भन्ने अहिले थाहा हुनेछ ।’

विधायक दलका नेता चयन भइसकेपछि नीतिश कुमारले आफू मुख्यमन्त्री बन्न नचाहेको तर बीजेपीको आग्रहमा फेरि एक पटक मुख्यमन्त्री पदको शपथ लिने बताए ।

राज्यपालसँग भएको बैठकपछि उनले सञ्चारमाध्यमसँग कुरा गर्दै सोमबार अपराह्न चार बजे शपथ ग्रहण समारोहको आयोजना गरिने बताए ।

नीतीश कुमार सोमबार सातौँ पटक बिहारका मुख्यमन्त्री पदको शपथ लिने छन् । तर बिहारका उप–मुख्यमन्त्री को बन्छ भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : ४७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका