नीतीश कुमार सातौंपटक बिहारका मुख्यमन्त्री बन्दै « Khabarhub

नीतीश कुमार सातौंपटक बिहारका मुख्यमन्त्री बन्दै


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले सोमबार अपराह्न साढे चार बजे मुख्यमन्त्रीको शपथ लिने भएका छन् ।

आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा सर्वसम्मतिले नीतीश कुमारलाई विधायक दलका नेताका रुपमा चयन गरेको हो ।

विधायक दलका नेताका रुपमा चयन भएपछि उनले बिहारका राज्यपालसँग भेटवार्ता गरेका छन् । भेटमा नीतीश कुमारलाई सरकार बनाउन राज्यपालले निमन्त्रणा दिएकाे बताइएकाे छ ।

नीतीश कुमारले भनेका छन्, ‘एनडीए बैठकमा मलाई फेरि एक पटक आफ्नो नेताका रुपमा चयन गरेको छ । राज्यपाललाई हामीले पत्र दिएका छौँ, उनले पत्र स्वीकार गर्दै मलाई मुख्यमन्त्रीको रुपमा मनोनित गरेका छन् । भोलि क–कसले शपथ लिन्छ भन्ने अहिले थाहा हुनेछ ।’

विधायक दलका नेता चयन भइसकेपछि नीतिश कुमारले आफू मुख्यमन्त्री बन्न नचाहेको तर बीजेपीको आग्रहमा फेरि एक पटक मुख्यमन्त्री पदको शपथ लिने बताए ।

राज्यपालसँग भएको बैठकपछि उनले सञ्चारमाध्यमसँग कुरा गर्दै सोमबार अपराह्न चार बजे शपथ ग्रहण समारोहको आयोजना गरिने बताए ।

नीतीश कुमार सोमबार सातौँ पटक बिहारका मुख्यमन्त्री पदको शपथ लिने छन् । तर बिहारका उप–मुख्यमन्त्री को बन्छ भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : ४७ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो