दाङका युवा टर्की व्यवसायतर्फ आकर्षित « Khabarhub

दाङका युवा टर्की व्यवसायतर्फ आकर्षित


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सानीभेरी गाउँपालिका–४ रुकुमका चन्द्र विसीले दाङ आएर फरक व्यवसाय शुरु गरेका छन् ।

उनले घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षका लागि टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गरेका थिए ।

‘विसी टर्की फर्म’ हाल टर्की, हाँस, स्थानीय र फाइटर कक पालिएका छन् । प्रतिबच्चा रु चार सयका दरले पाँच सय टर्की बुटवलबाट ल्याइएकामा ठूला बिक्री भएर अहिले सानाठूला गरी १५० बाँकी छन् ।

“टर्की पाल्नलाई धेरै मेहनत गर्नुपर्दो रहेनछ, तारबार गरिएको खुला ठाउँमा चर्छन्, उनीहरुले घाँस, दुबो, मकै र ब्रोइलर कुखुराको दाना पनि राम्रो मानेर खाने गरेका छन्, भ्याक्सिन दिननपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले छिटो आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने भएकाले पाल्न सजिलो छ”, उनले भने ।

सामान्यतया टर्की ६ महिनामै वयस्क हुन्छ र अण्डा दिन थाल्छ । आफैं ओथारो बसेर तिनले बच्चा पनि दिने गरेका छन् ।

औसत आयु दुईदेखि चार वर्षसम्म रहने टर्की छ महिनाको अन्तरमा आठ किलोसम्मको हुन्छ । दुई वर्ष जति पाल्दा एउटा टर्की १४ देखि १७ किलोसम्मको हुने उनी बताउँछन् ।

उनले भने, “बोसोरहित हुने भएकाले यसको मासु सेवन गर्दा मानिसको हाड मजबुत बनाउन सहयोग मिल्छ, यसको मासु जस्तोसुकै मधुमेह, युरिक एसिड, रक्तचापका बिरामीले खान मिल्ने र कसैलाई असर नगर्ने हुँदा हरेक मानिसको रोजाइमा पर्छ, जिउँदो प्रतिकिलो रु आठ सय र तयार पारिएको मासु प्रतिकिलो रु एक हजारमा बिक्री भइरहेको छ ।”

तुलसीपुर उपमहानगरपालिका– १७ का नारायण आचार्यले ‘नारायण पोल्ट्री फर्म’ को नामबाट कुखुरा पालन व्यवसाय सञ्चालन गरेका छन् । दुई वर्ष कतारमा काम गरेर आएका आचार्य उता कमाएको पैसा अलिअलि जम्मा गरेर राखेको र दाङमै केही गर्नुपर्छ भन्ने सोचाइ आएपछि लेड्स कुखुरा व्यवसाय सञ्चालन गरिएको उनी बताउँछन् । उनले आठ कठ्ठा आफ्नो जमीनमा रु ४० लाखको लगानीमा दुई खोरबाट शुरु गरेको चार वर्ष भयो ।

“दाङमा टर्की व्यवसाय पनि राम्रो होला जस्तो लागेर टर्की पनि शुरु गरेको छु, चार सय टर्कीका बच्चा चितवनबाट ल्याएर व्यवसाय शुरु गरेका आचार्य सात महिनादेखि आम्दानी लिन थालेको छु”, उनले भने, “दुई खोरमध्ये एउटामा ठूला र अर्कोमा साना टर्की राखेको छु, गाउँघरमा उत्पादन भएको दाना र सामान्य हावापानीमा पाल्न सकिने भएकाले सजिलो छ ।”

उपमहानगरपालिकाको पशु सेवा कार्यालयका प्रमुख जीवराज पौडेलले पशुपक्षी व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरेर युवा लक्षित अनुदान सहयोग कार्यक्रम रहेको बताए । उपमहानगरपालिकाअन्तर्गत पशुसेवा शाखाको युवा लक्षित कार्यक्रम पनि रहेको छ । किसानलाई प्राविधिक सहयोग र पशुपक्षीमा रोग लाग्दा उपचार, खोप, दानापानी आदिका बारेमा व्यवसायीलाई परामर्श र सहयोग गरेको उनले जानकारी दिए । -रासस

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ६ : ४४ बजे

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई