झुठा आरोप लगाएर ‘चिड्याउने’ काम गरे चुप लाग्दिनँ : अध्यक्ष ओली « Khabarhub

झुठा आरोप लगाएर ‘चिड्याउने’ काम गरे चुप लाग्दिनँ : अध्यक्ष ओली


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट पक्ष खासगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपको जबाफ नदिने अडान लिएका छन्।

आइतबार वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर करिब ४ घण्टा लामो छलफल गरेका  उनले आफूलाई चिड्याउने काम जारी रहेमा चुप लागेर नबस्ने धम्कीसमेत दिएका हुन् ।

पार्टीको समस्या समाधानमा सुझाव दिन आउनुहोस् भन्दै ओलीले नेपाललाई एक्लै बालुवटार बोलाएका थिए।

वरिष्ठ नेता नेपालसँगको भेटमा ओलीले दाहालले आफूमाथि अनाहकमा बेइज्जत हुने गरी आरोप लगाएको, उनीसँग सँगै अघि बढ्ने वातावरण नभएकोसमेत गुनासो गरेको स्रोतले बताएको छ ।

‘मैले सहने पनि सीमा हुन्छ। नचाइने आरोप लगाएर मलाई हटाउन खोज्नु दुस्प्रयास हो । जनताको मतको अपमान मबाट हुन्न । बरु दाहालसँग यस्तै हो भने सँगसँगै हिड्न सकिन्न,’ओलीको भनाइ उद्धृत गर्दै स्रोतले खबरहबलाई बतायो ।

बालुवाटार स्राेतका अनुसार ओलीले नेता नेपालसँग कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।

साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो ? आफू तयार समेत रहेको वरिष्ठ नेता नेपालसँग बताएको बुझिएको छ ।

तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएको बताइएको छ ।

पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधामन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए । यसैगरी आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए।

आज बिहानै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए।

जवाफमा गौतमले कुनै नेतालाई गाली गरेर समस्याको समाधान नहुने भन्दै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि आएको प्रस्ताव फिर्ता नहुने बताएका थिए ।

यो पनि पढौं

प्रचण्डसहितका नेतालाई विश्वासमा लिएर अघि बढ्न ओलीलाई गौतमको सुझाव

यस्तो छ सचिवालय बैठकमा ‘प्रचण्ड’ले ओलीमाथि आरोप नै आरोप लगाउँदै पेस गरेको प्रस्ताव (पूर्णपाठ)

 

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ४२ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर