यस्ता ५ देश जहाँ बुबा बन्दा पाइन्छ धेरै बिदा « Khabarhub

यस्ता ५ देश जहाँ बुबा बन्दा पाइन्छ धेरै बिदा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दा अचम्म लाग्ने नियमहरू संसारमा छन् । कोही पनि मानिसका लागि आफू पिता बन्नु गौरवको विषय हो । जो व्यक्तिको जीवनको एउटा अद्भूत क्षण मानिन्छ । तर उसको त्यो स्वामित्व राज्यले समेत बिदा लिएर लिन्छ भन्दा नपत्याउन सक्नुहुन्छ । तर बास्तविकता नै भएपछि पत्याउँनै पर्‍यो ।

आज हामी बच्चा जन्मिएको बेलामा सबैभन्दा पितालाई धेरै बिदा दिने देशहरुको बारेमा जानकारी दिनेछौँ ।

१.जापानः बच्चा जन्मिएको बेलामा पितालाई धेरै बिदा दिने देशहरुको पहिलो नम्बरमा जापान पर्दछ । पिता बनेको बेलामा जापानमा ३० हप्ताको बिदा दिइन्छ । साथै बिदा दिएको बेलाको पनि पैसा दिइन्छ । तर वर्षमा सयमा ५ जनाले मात्र यसरी धेरै बिदा लिने गर्छन् ।

२. कोरियाः जपान पछि बुबा बनेको बेलामा धेरै बिदा मिल्ने देश कोरिया हो । कोरियामा पनि बिदा बसेको बेलामा पूरै पैसा दिने गरिन्छ । साथै पिता बनेको बेला कोरियामा १७ हप्ताको छुट्टी मिल्छ । जापानमा जस्तै कोरियामा पनि धेरै बिदामा बस्न कोही रुचाउँदैनन् ।

३. पोर्चुगलः धेरै बिदा पाउँने तेश्रो देशको सूचीमा पर्छ पोर्चुगल । पोर्चुगलमा बुबा बन्दा पैसा नकाटी २० दिनको बिदा पाइन्छ । २० दिन पछि भने केहि पैसा काटेर १२ हप्ता ५ दिन बिदा लिन सकिन्छ ।

४. स्वीडेनः बुबा बन्दा धेरै बिदा दिने देशहरुको सूचीमा चौथो नम्बरमा मभउपर्छ स्वीडेन । स्वीडेनमा पिता बन्दा ९० दिनको बिदा दिने नियम छ । बच्चा जन्मिदा आमा बुबा मिलेर स्वीडेनमा ४ सय ८० दिनको बिदा लिन सक्छन् । बिदामा बसेकाहरुलाई यहाँ पनि जागिरबाट आउँने पुरै रकम दिइन्छ ।

५.इस्टोनियाः बुबा बन्दा सबैभन्दा धेरै बिदा पाइने देशको सूचीमा पाँचौ नम्बरमा पर्छ इस्टोनिया । इस्टोनियामा बुबा बन्दा दुई हप्ताको बिदा दिने गरिन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ४० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा