यस्ता ५ देश जहाँ बुबा बन्दा पाइन्छ धेरै बिदा | Khabarhub Khabarhub

यस्ता ५ देश जहाँ बुबा बन्दा पाइन्छ धेरै बिदा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुन्दा अचम्म लाग्ने नियमहरू संसारमा छन् । कोही पनि मानिसका लागि आफू पिता बन्नु गौरवको विषय हो । जो व्यक्तिको जीवनको एउटा अद्भूत क्षण मानिन्छ । तर उसको त्यो स्वामित्व राज्यले समेत बिदा लिएर लिन्छ भन्दा नपत्याउन सक्नुहुन्छ । तर बास्तविकता नै भएपछि पत्याउँनै पर्‍यो ।

आज हामी बच्चा जन्मिएको बेलामा सबैभन्दा पितालाई धेरै बिदा दिने देशहरुको बारेमा जानकारी दिनेछौँ ।

१.जापानः बच्चा जन्मिएको बेलामा पितालाई धेरै बिदा दिने देशहरुको पहिलो नम्बरमा जापान पर्दछ । पिता बनेको बेलामा जापानमा ३० हप्ताको बिदा दिइन्छ । साथै बिदा दिएको बेलाको पनि पैसा दिइन्छ । तर वर्षमा सयमा ५ जनाले मात्र यसरी धेरै बिदा लिने गर्छन् ।

२. कोरियाः जपान पछि बुबा बनेको बेलामा धेरै बिदा मिल्ने देश कोरिया हो । कोरियामा पनि बिदा बसेको बेलामा पूरै पैसा दिने गरिन्छ । साथै पिता बनेको बेला कोरियामा १७ हप्ताको छुट्टी मिल्छ । जापानमा जस्तै कोरियामा पनि धेरै बिदामा बस्न कोही रुचाउँदैनन् ।

३. पोर्चुगलः धेरै बिदा पाउँने तेश्रो देशको सूचीमा पर्छ पोर्चुगल । पोर्चुगलमा बुबा बन्दा पैसा नकाटी २० दिनको बिदा पाइन्छ । २० दिन पछि भने केहि पैसा काटेर १२ हप्ता ५ दिन बिदा लिन सकिन्छ ।

४. स्वीडेनः बुबा बन्दा धेरै बिदा दिने देशहरुको सूचीमा चौथो नम्बरमा मभउपर्छ स्वीडेन । स्वीडेनमा पिता बन्दा ९० दिनको बिदा दिने नियम छ । बच्चा जन्मिदा आमा बुबा मिलेर स्वीडेनमा ४ सय ८० दिनको बिदा लिन सक्छन् । बिदामा बसेकाहरुलाई यहाँ पनि जागिरबाट आउँने पुरै रकम दिइन्छ ।

५.इस्टोनियाः बुबा बन्दा सबैभन्दा धेरै बिदा पाइने देशको सूचीमा पाँचौ नम्बरमा पर्छ इस्टोनिया । इस्टोनियामा बुबा बन्दा दुई हप्ताको बिदा दिने गरिन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ४० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार