मेस्सी र रोनाल्डोसहितको बालन डी अर ड्रिम टिम घोषणा « Khabarhub

मेस्सी र रोनाल्डोसहितको बालन डी अर ड्रिम टिम घोषणा


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल अनलाइन पोलमार्फत् बालन डि अर ड्रिम टिम घोषणा गरिएको छ ।

सर्वकालिन उत्कृष्ट फुटबलरका लागि फ्रान्स फुटबलले सुरु गरेको भोटिङ पोलमा अहिले सक्रिय फुटबलमध्ये अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल तथा युभेन्ट्सका क्रिष्टियानो रोनाल्डो अटाएका छन् ।

उक्त टिमको फर्मेसन ३–४–३ रहेको छ । जसमा विश्व फुटबलमा अहिलेसम्मका महान फुटबलरहरु समावेश भएका छन् । ड्रिम टिममा अहिलेसम्मका सबैभन्दा उत्कृष्ट खेलाडीको स्थान भने रुसका लेभ यासिनले सुरक्षित गरेका छन् । उनले सन् १९५४ देखि १९७० सम्म गरि सोभियत युनियनका लागि ७४ खेल खेलेका थिए ।

रक्षापङ्तीमा इतिहासकै सबैभन्दा उत्कृष्ट फुटबलमा काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनीले भोट पाएका छन् ।

यस्तै, डिफेन्सिभ मिडफिल्डमा जाभि हेर्नान्डेजले सबैभन्दा बढी भोट पाउँदा लोथर माथ्युसले उनीभन्दा केही कम भोट पाएका छन् भने अट्याकिङ मिडफिल्डमा विश्व विजेताद्वय डियागो म्याराडोना र पेलेले स्थान बनाएका छन् ।

फरवार्डमा भने विश्वकप २००२ ब्राजिललाई जिताउन सघाएका रोनाल्डो छन् । उनीसँगै ६ पटकका बालन डिओर , ६ पटक गोल्डेन बुट, ४ पटक च्याम्पियन्स लिग जितेका मेस्सी छन् भने साथमा ५ पटक बालन डिओर, ५ पटक च्याम्पियन्स लिग उपाधि हात पारेका क्रिष्टियानो रोनाल्डो छन् ।

यस्तो छ ड्रिम टिम

गोलरक्षक – लेभ यासिने

डिफेन्डर – काफु, फ्रान्ज बेकेनबाउएर र पाउलो माल्दिनी

मिडफिल्डर – जाभि, लोथर माथ्युस, डियागो म्याराडोना, पेले

फरबार्ड – लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र रोनाल्डो

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ८ : ३५ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट