यो त्यस्तो टापु जसले प्रत्येक ६ महिनामा देश बदल्छ ! « Khabarhub

यो त्यस्तो टापु जसले प्रत्येक ६ महिनामा देश बदल्छ !


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुन्दा पनि अचम्म लाग्ने एउटा टापु जहाँ प्रत्यक ६ महिनामा देश नै परिवर्तन हुन्छ ।

गत जुलाई ३१ मा स्पेनले बिना लडाई नै आफ्नो ३ हजार वर्गमिटर जमिन फ्रान्सलाई सुम्पिएको थियो । स्पेनले दिएको त्यो जमिन पनि त्यसैगरी नै फ्रान्सले जनवरी ३१ फर्काएको थियो ।

फ्रान्स र स्पेनले लेनदेन गरिरहने यो टापुको नाम हो, फेजेन्ट टापु । पछिल्लो साढे ३ सय वर्षदेखि दुई देशबीचमा यस्तो लेनदेन भईरहेको छ । प्रत्येक वर्ष फेब्रुअरी १ देखि जुलाई ३१ सम्म उक्त टापु स्पेनको स्वामित्वमा रहन्छ भने अगष्ट १ देखि जनवरी ३१ सम्म फ्रान्सको स्वामित्वमा रहने गर्दछ। दुई देशको साझा स्वामित्व भएको यो टापु २ सय मिटर लामो र ४० मिटर चौडा रहेको छ ।

यो दुबै देशको सीमा क्षेत्रबाट ५० मिटर टाढा जलक्षेत्रको बीचमा पर्दछ । त्यहाँ मानिसहरु बस्दैनन्। त्यो टापुमा दुई देशका जलसैनिक बाहेक अरुलाई जान पनि निषेध छ । तर कहिलेकाहीँ मनाइने सम्पदा खुल्ला दिवसमा यो टापुमा भ्रमण गर्नका लागि सर्वसाधारणलाई पनि अनुमति दिने गरिन्छ । त्यो टापुमा धेरै शाही विवाहहरु तथा कैदी आदानप्रदान समारोहहरु पनि सम्पन्न भईसकेका छन् । सन् १६५९ मा फ्रान्स र स्पेनबीचको तीन वर्षे युद्ध अन्त्य भएर पाइरेनिजको सन्धी भएसँगै उक्त टापु साझा स्वामित्वमा परेको हो ।

सोही समयदेखि त्यहाँ ६६ महिने सासन लागू हुँदै आएको छ । यस टापूमा उक्त सन्धीको स्मारक पनि रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ५८ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा