पूर्वपत्नीविरुद्ध कानुनी उपचार खोज्दै मनोज गजुरेल « Khabarhub

पूर्वपत्नीविरुद्ध कानुनी उपचार खोज्दै मनोज गजुरेल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलले पूर्वपत्नी मीना ढकालविरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन् ।

सम्बन्धविच्छेद गरेको तीन वर्ष भइसक्दा पनि पूर्वपत्नीले विभिन्न आरोप लगाउने गरेको र यसले आफू र छोराछोरीलाई समस्या पारेको भन्दै उनले कानुनी उपचार खोज्ने बताएका हुन् ।

गजुरेलले सामाजिक सञ्जालमार्फत पत्नीसँग छुट्टिएर आ–आफ्नो बाटो तय गरिसकेपछि पनि बारम्बार आफूमाथि प्रहार भएको बताएका छन् ।

कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन। एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ। दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ।तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो। त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु, गजुरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले विभिन्न माध्यमबाट आउने गाली बेइज्जती र अनावश्यक तनावको श्रृंखला बढ्दै गएकाले कानुनी उपचारको विकल्प नभएको बताएका छन् ।

गजुरेलको यो स्टाटसपछि उनकी पूर्वपत्नी मीना ढकालले आफू कानूनी लडाइँ लड्न तयार प्रतिक्रिया दिएकी छिन् । साथै उनले गजुरेललाई विवाहित भएर पनि अन्य युवतीसँग लिभिङ टुगेदरमा बसेको, रंगेहात पक्राउ परेको लगायतका आरोप लगाएकी छिन् ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  २ : ०४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको