साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ७३ करोड « Khabarhub

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ७३ करोड

सेयरधनीले २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश पाउने


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ७३ करोड नाफा कमाएको छ । कर्पोरेसनको ५३ औं साधारण सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा विभिन्न क्रियाकलापहरुका बारेमा छलफल गर्दै सभाले वार्षिक प्रतिवेदन पारित गरेको कम्पनीले जनाएको छ।

कम्पनीले गरिरहेको नुन, चिनी र रासायनिक मल लगायतको व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमूलक रहेको साधारणसभाको निष्कर्ष छ।

गत आर्थिक वर्ष कम्पनीले ८ अर्ब २५ करोड रुपैयाँको कारोबार गर्दै ७३ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। कर्पोरेसनले व्यापार विविधिकरणको नीति अनुरुप थप चुक्ता पुँजीको आवश्यकता पर्ने भन्दै गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वापत १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँ बराबरको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई सभाले स्वीकृत गरेको हो।

विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनीमध्ये २५०० मेट्रिक टन भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसले धेरै महिनासम्म चिनी भन्सारमा रोकिएका कारण कारोबारमा कमी मात्रै आएको थिएन, डेमरेज चार्ज धेरै तिर्नु परेकाले आर्थिक भार पर्न गएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न सृजनशील कारोबारको खोजी गर्दै व्यापार विविधिकरणतर्फ उन्मुख हुने जनाएको छ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ३५ बजे

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

पाटन– प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्