अध्यादेशबारे नेता रावलले भने : ओलीको स्वेच्छाचारी कदम | Khabarhub Khabarhub

अध्यादेशबारे नेता रावलले भने : ओलीको स्वेच्छाचारी कदम


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुले विरोध जनाएका छन् ।

नेकपा नेता भीम रावलले अध्यादेश ल्याइएको प्रति टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको संज्ञा दिएका छन् ।

पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले भेन, ‘यो प्रधानमन्त्रीको स्वेच्छाचारी कदम हो। पार्टीको बैठक भइरहेको बेला अध्यादेश ल्याउनु अत्यन्त आपत्तिजनक छ। अध्यादेश तुरुन्त फिर्ता लिनुपर्छ ।’

उनले प्रधानमन्त्रीको पहलमा जारी गरिएको यो अध्यादेश संविधानकाे भावना र मर्म विपरि तथा लोकतन्त्रको मान्यता विपरित भएको बताएका छन् ।

उनले भने, ‘संसदको बैठक बलाउने समय अगाडि आइरहेको बेला, पार्टीको स्थायी कमिटी बैठक जारी रहेको बेला  जसरी प्रधानमन्त्रीले अध्यादेश जारी गराउनुभएको छ, यो  स्वेच्छाचारीपूर्ण काम हो । संविधानमाथिको प्रहारलाई रोक्नुपर्छ ।’

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : २१ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा