विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल « Khabarhub

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ महानगरको शिक्षा विभाग र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रदर्शनीले विद्यार्थीलाई कला सृजना गर्न उत्प्रेरित गरेको बताएकी छन् । 

यही असार १३ गतेदेखि सुरु भएको प्रदर्शनीको अवलोकनका क्रममा उनले यस्ता प्रदर्शनीले विद्यार्थीका कला प्रस्तुत गर्नुका साथै उनीहरूलाई भविष्यमा नयाँ नयाँ कला सृजना गर्न प्रोत्साहित गर्ने धारणा राखिन् ।

उनले महानगरभित्रका ४६ विद्यालयका एक हजार ३०० भन्दा बढी विद्यार्थीका कला प्रदर्शनीमा राखिएका जनाउँदै सृजना आकर्षक, संस्कृति तथा सम्पदाको संरक्षणमा केन्द्रित रहेका प्रतिक्रिया दिइन् । 

शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘स्केचिङ एण्ड स्कप्चर’ ढाँचाको तालिम कार्यक्रमपछि विद्यार्थीहरूबाट सिर्जित कलाकृतिको यहाँ प्रदर्शन गरिएको हो । सो क्रममा उपप्रमुख डङ्गोलले भनिन्, ‘पेन्टिङ, स्केच, स्कल्पचर, क्राफ्टका ट्रेनिङहरू भइरहेका सन्दर्भमा तपाईँहरूले त्यो राम्ररी सिक्नुभएको छ भन्ने लागेको छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै प्रगति भएको मैले पाएँ । सिक्नेक्रम तीव्र रूपमा अघि बढिरहोस्, यसले विद्यार्थीलाई प्रेरित गरेको महसुस गरेँ ।’

यसैबीच उनले उक्त प्रदर्शनीको आजै समापनसमेत गरिन्। समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षालाई सीपसँग जोड्दा सृजनात्मक अभिव्यक्तशील कलाको तहगत अनुभूति गराउन सहयोग पुगेको विश्वास व्यक्त गरिन् । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले शिक्षामा सीप कार्यक्रमअन्तर्गतको ‘स्केचिङ एण्ड स्कप्चर’ तालिमले देशको आगामी कला संस्कृतिको जग निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सृजनशील व्यक्तित्व निर्माण गर्न कलाको महत्त्वपूर्ण योगदान रहने उल्लेख गरे ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : १७ बजे

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो

खलङ्गा– दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन पुगेको

दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही– जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण

टक्सार– कवि तथा साहित्यकार शंकरप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक

स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक भारतीयको मृत्यु

काठमाडौं- स्ट्रेट अफ हर्मुज नजिकै जहाजमा आगलागी हुँदा एक जना