सुरज र हरदेव कोशीमा हेलिएपछि कसले खोल्यो ब्यारेजको ढोका ? « Khabarhub

गोताखोर मृत्यु प्रकरण

सुरज र हरदेव कोशीमा हेलिएपछि कसले खोल्यो ब्यारेजको ढोका ?



काठमाडौँ– गत जेठ २४ गते सप्तकोशी नदीमा विपद् पूर्वअभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुईजना गोताखोरले डुबेर ज्यान गुमाए ।

झापाको गौरादह–८ पक्कीभिट्टाका हरदेवसिंह राजवंशी र डोटीको दिपायल सिलगढी नगरपालिका–३ कैलडागाउँका सुरज साउद अभ्यासका क्रममा कोशीमा बेपत्ता भए ।

हरदेवको शव जेठ २५ गते भेटियो । सुरजको शव चार दिनपछि मात्रै फेला परेको थियो । सशस्त्र प्रहरीको इतिहासमा गोताखोरले डुबेर ज्यान गुमाएको यो पहिलो घटना हो । मधेश र कोशी प्रदेश बाहिनीको संयुक्त गोताखोर टोलीले सप्तकोशीमा पूर्वअभ्यास गर्ने क्रममा दुवैजना डुबेर बेपत्ता भएका थिए ।

उसबेलै पोष्टमार्टम गरेर दुवैजनाको शव परिवारलाई बुझाइसकिएको छ । काजकिरिया सकिएको महिना दिनपछि सुरजका बुवा नन्द साउद (६४) ले छोराको मृत्युको कारण दुर्घटना नभई लापर्बाहीले भएको बताएका छन् ।

खबरहबसँग कुरा गर्दै उनले सुरजको मृत्युमा लापर्बाही भएकाले न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् । उनले भने, ‘गोताखोर नदीभित्रै रहँदा बाँध खोलिएको रहेछ । झ्वाट्टै ठूलो पानीको प्रवाहले उनीहरूलाई बगाएछ, त्यहीकारण कोशी बराजको ह्युमपाइपभित्र परेछन् । मेरो छोरा पानीमा डुबेर मर्ने मान्छे होइन ।’

‘अभ्यासको समयमा गोताखोर नदीभित्र छिरेको बेला बाँध किन खोलिएको हो ? यो कुरा प्रशिक्षकले ध्यान दिने हो कि होइन ? परीक्षकले नदीमा पठाउने मात्रै हो कि ? जवानको सुरक्षाको जिम्मा पनि लिनुपर्दैन ?’, उनले प्रश्न गरेका छन् ।

आफ्नो छोराको मृत्युको जिम्मा प्रशिक्षक र सरकार दुवैले लिनुपर्ने उनको भनाइ छ । शरीरमा बाँधिएको डोरी, सिलिण्डर सबै चुँडिएको थियो । म र दुई छोरा घटनास्थल पुग्यौँ । त्यहाँ पुग्दा मानवीय लापर्बाहीले मृत्यु भएको देखियो । टाउको र शरीरमा चोट लागेको छ’, उनले भने, ‘पानीमा डुबेर मात्रै भन्ने रिपोर्ट दिए । तालिम गरेको मान्छे पानीको बहाबले मात्रै मर्न सक्दैन ।’

‘बाँध खोलेछन्, अब त्यो नेपालले खोलेको हो वा भारतले ? गोताखोर नदीभित्र छन् भन्ने जान्दाजान्दै कसले बाँध खालेको हो ? होमपाइपभित्र शव भेटिएको थियो । पानीको ठूलो बहावले स्वाट्टै तान्यो’, साउदले भने ।

सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक तथा प्रवक्ता कालीदास धौवजीले पोष्टमार्टम रिपोर्ट नै सत्य भएको दाबी गरेका छन् । उनले भने, ‘पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण पानीमा डुबेको छ । हामीले जे प्राप्त गर्‍यौं, परिवारलाई बुझाएको पनि त्यही हो ।’

परिवारले जवान छोरो गुमाउनु परेको पीडा निकै दुःखदायी हुने उनले बताए । ’तर पोष्टमार्टम रिपोर्टले भनेको कुरा नै सही मान्नुपर्छ । मृतकद्वय हाम्रो पनि परिवारको सदस्य हुनुहन्थ्यो । उहाँहरूलाई गुमाउनुपर्दा हामीलाई कम्ति दुःख लागेको छैन’, उनले थपे, ‘तर दुर्घटना हो, स्वीकार नगरी सुखै छैन ।’

मृतकका अभिभावकप्रति सदाशयता भए पनि गुनासो सही नभएको डीआईजी धौवाजीले तर्क गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपालले उद्धार र विपद् व्यवस्थापनका लागि पूर्वअभ्यास गर्दै आएको छ । बाढीमा फसेका र हराएका व्यक्तिको उद्धार र खोज गर्न वैशाखदेखि जेठसम्म एकमहिना तालिम हुने गरेको छ ।

२०७६ देखि सशस्त्र प्रहरी तालिम दिएर गोताखोर उत्पादन गर्दै आएको छ । त्रिशूली, कोशी, फेवाताल, कुलेखानीलगायत जलाशयमा गोताखोर प्रशिक्षण गराइन्छ । सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा यो तालिम दिने गरिन्छ । हाल सशस्त्रसँग १२८ जना गोताखोर छन् ।

अत्यन्त जोखिमपूर्ण भए पनि सरकारले गोताखोरलाई उपेक्षा गर्दै आइरहेको गुनासो पनि सुनिने गरेको छ । गोताखोरलाई १० लाखको बीमा र काम गरेका दिन ३०० रुपैयाँका दरले भत्ता सुविधा दिइन्छ । सशस्त्र प्रहरी बलमा गोताखोरलाई छुट्टै सेवा सुविधा र भत्ताको व्यवस्था छैन ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : २९ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग