सडक डिभिजन कार्यालय प्रमुख चौधरीद्वारा न्यायका लागि आग्रह | Khabarhub Khabarhub

सडक डिभिजन कार्यालय प्रमुख चौधरीद्वारा न्यायका लागि आग्रह


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडक डिभिजन कार्यालय दाङका प्रमुख (सिडिई) जीतेन्द्रकुमार चौधरीले कार्यालय समयमा आफूमाथि दुर्व्यवहार भएको भन्दै न्यायका लागि आग्रह गरेका छन् ।

चौधरीले गत पुस २७ गते कार्यालयको काम गरिरहेको अवस्थामा सेवाग्राहीको रूपमा आठजना अपरिचित व्यक्ति कार्यकक्षमा आइ ढोका बन्द गरी अमानवीय एवं अभद्र व्यवहार गरेको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका हुन् ।

उनले भने, “ममाथि कार्यालय समयमा काम गरिरहेको बेलामा जुन किसिमको दुर्व्यवहार भएको छ, सो कार्यमा संलग्न सबैको पहिचान गरी कारवाही अगाडि बढाउन स्थानीय प्रशासनसँग जोडदार माग गर्दछु ।”

आफूमाथि कमिशन खाएको झुटोे, भ्रामक र कपोलकल्पित आरोप लगाएर दुर्व्यवहार गरिएको भन्दै कार्यालय प्रमुख चौधरीले विज्ञप्ति जारी गर्दै त्यसको खण्डनसमेत गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ६ : १४ बजे

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

भाद्र शुक्ल तृतीया : आज तीजको व्रत

काठमाडौं – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व