रोनाल्डोविना नै यूडिनीजको पोस्टमा युभेन्टसको ४ गोल | Khabarhub Khabarhub

रोनाल्डोविना नै यूडिनीजको पोस्टमा युभेन्टसको ४ गोल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोपा ईटालिया फुटबल अन्तर्गत गएराति भएको खेलमा शानदार जित हात पार्दै युभेन्ट्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक-एक गोल गरेका थिए ।

गोन्जालो हिग्युनले १६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सले १-० को अग्रता बनाएका थिए । खेलको२६ औं मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले ब्यक्तिगत दोस्रो गोल गरे ।

त्यस्तै कोस्टाले ६१ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए । क्रिस्टियानो रोनाल्डो बिरामी परेका कारण उनी खेल मैदानमा उत्रिएका थिएनन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ७ : २० बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा