अमेरिका-चीनबीच व्यापार-युद्ध खुकुलो बनाउने सम्झौता | Khabarhub Khabarhub

अमेरिका-चीनबीच व्यापार-युद्ध खुकुलो बनाउने सम्झौता


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनले विश्व अर्थतन्त्रलाई नै प्रभावित तुल्याएको र बजारहरूमा उथलपुथल ल्याइदिएको आफूहरू बीचको व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

वाशिङ्गटनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, यो नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि “परिवर्तनकारी” हुनेछ ।

चिनियाँ नेताहरूले यस्लाई “सबैको जित हुने” सम्झौता भनेका छन्, जसले ती दुई देश बीचको सम्बन्धमा सुधार ल्याउन सघाउ पुर्‍याउन सक्छ ।

चीनले अमेरिकाबाट गरिने आयातलाई सन् २०१७ को अवस्थाभन्दा बढी २०० अर्ब डलर बराबर हुने गरी बढाउने र बौद्धिक सम्पत्ति अधिकारका नियमहरूमा कडाइ गरिने प्रतिबद्धता जनाएको छ ।

बदलामा अमेरिकाले चिनियाँ उत्पादनहरूमा लगाएको केही नयाँ करहरूलाई आधाले घटाउन सहमति जनाएको छ । तर धेरैजसो सीमासँग सम्बन्धित करहरू भने कायमै छन्, त्यसकारणले केही व्यापारिक समूहहरूले दुई देशबीच थप वार्ताहरू हुनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ११ : ३७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी