झण्डा गाड्दैमा जग्गा कब्जा हुँदैन : मन्त्री बाँस्कोटा « Khabarhub

झण्डा गाड्दैमा जग्गा कब्जा हुँदैन : मन्त्री बाँस्कोटा


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन् ।

”विप्लवले कव्जा गरेर कव्जा हुँदैन । नेपाल सरकारले आफैले छानवीन गरिरहेको छ । र त्यो जग्गा जसले जे भनेपनि नेपाली जनताको र सरकारको हो । त्यो व्यक्तिहरुलाई दिन सकिँदैन । यो विप्लवको चर्चामा आउने प्रयास हो । सार्वजनिक चासो भएको विषयमा एक्सन लिइयो भने शक्तिशाली हुनसकिन्छ कि भन्ने हुनसक्छ ‘ उनले भने । यो आतंकवादी क्रियाकलाप भएको उनको भनाइ छ ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ३ : ५४ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर