१२ मिटरको हुलाकी सडक स्वीकार्य छैन: नेता साह « Khabarhub

१२ मिटरको हुलाकी सडक स्वीकार्य छैन: नेता साह


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गौर–नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले हुलाकी लोकमार्गको सडकसीमा १२ मिटर कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

विहिबार रौतहटको यमुनामाई गाउँपालिका-५, झुन्खुनवामा गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले १२ मिटरमा बनाएको सडकको कुनै अर्थ नरहेको जीकिर गरे ।

अध्यक्ष साहले भने, “वर्षौंदेखि पछाडि परेको मधेशलाई आर्थिक, व्यवसायिक र व्यापारिक रुपमा माथी उठाउने एक मात्र विकल्प हुलाकी लोकमार्ग हो। भन्नुपर्दा खेरी हुलाकी सडक मधेशको विकासको मेरुदण्ड हो । तर बिडम्बना यो सडकको सीमा १२ मिटरमा सिमित गरिएको छ । यो हामीलाई कदापी स्वीकार्य छैन ।”

१२ मीटर सडकसीमा राखेर बनाइएको हुलाकी सडक मधेशी जनतालाई ठग्ने काम मात्र भएको भन्दै अध्यक्ष साहले भने, ” कुनै जमाना थियो त्यतीबेला कम जनसंख्या, कम गाडी, कम बस्ती हुँदा राजमार्गहरु ५० मिटर सडकसीमा राखेर बनाइयो । तर हिजोको अनुपातमा आज सबैथोक बढ्दा पनि १२ मिटर राख्नु भनेको अदुर्दर्शिताको पराकाष्ठा हो । सानो बच्चालाई चकलेट दिएर फकाएझैँ मधेशी जनता ठग्ने काम मात्र भएको छ । सडकसीमा कम्तीमा ५० मिटर नपुर्‍याउने हो भने हुलाकी सडक नबनाए पनि हुन्छ ।”

कार्यक्रममा प्रदेश सभा सांसद कुन्दन कुश्वाहा तथा नागेन्द्र यादव, मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता, चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी, पूर्वसांसद अबदुल कलाम अजाद, कटहरियाका नसरुद्दिन अन्सारी, नेकपा नेताहरु राजकिशोर यादव, योगेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ४ : १७ बजे

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न