नेपालले २ लाख किलो रक्त चन्दन भारतलाई फिर्ता गर्ने « Khabarhub

नेपालले २ लाख किलो रक्त चन्दन भारतलाई फिर्ता गर्ने


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले देशका विभिन्न ठाउँबाट बरामद भएको झन्डै २ लाख किलो रक्त चन्दन (काठ) भारतलाई फिर्ता गर्ने भएको छ ।

देशका विभिन्न ठाउँबाट बरामद भएको १ लाख ७३ हजार ७१ देशमलव ७९२ किलो रक्तचन्द भारतलाई फिर्ता गर्न लागिएको हो ।

पुस २८ गते बसेको मन्त्रिपरिषदको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) र (३) बमोजिम उक्त परिमाणको रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा (२) मा संकटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमूना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था गरिएको छ ।

नेपाल सरकारले बहुमूल्य मानिएको रक्तचन्दनको पैठारीमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ४ : १८ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत