सभामुख चयनमा उपसभामुख बाधक : नेता गजुरेल « Khabarhub

सभामुख चयनमा उपसभामुख बाधक : नेता गजुरेल


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् ।

उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे ।

उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन।’

नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो । जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होईन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’

उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे । उनले भने,‘पार्टीमा सभामुख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ । यो स्वभाविक प्रक्रिया हो । धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन् । अहिले बहसपनि छ । निर्णय नहुञ्जेलसम्म बहस त भईनैरहन्छ । निर्णयमा पुग्नको लागि पनि बहस भैरहेको हो । के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरु राख्ने काम भैरहेको छ । मलाई लाग्छ उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन् । बहस गर्यो भने फेरि नेकपाले सभामुखपनि आफैं राख्न खोज्यो, उपसभामुख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ । यो कुरा तपाईहरुले पनि बुझेको हुनुपर्छ ।’

उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाईहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘उहाँले राजीनामा दिनुहुन्छ । उहाँ पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो । उपसभामुखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहाँले बनाईराख्नुहुन्न । कि त उहाँले भन्नुपर्यो सभामुख त अर्कै पार्टीलाई दिउँ, म उपसभामुख छोड्दिन भन्नुपर्यो । होईन भने उहाँले मार्गप्रशस्त गर्नुपर्यो । उहाँ नै भोलि हुने हो भनेपनि मार्गप्रशस्त गर्नुपर्यो ।’

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ५ : १४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा