जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते « Khabarhub

जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको झ्याडीमा विहीबार अपराह्न ज १ च १८६० नम्बरको जीप पल्टिँदा १६ जना घाइते भएका हुन्।

मरिण गाउँपालिकाबाट हरिहरपुरगढी गाउँपालिका जाँदै गरेको जीप हरिहरपुरगढीको झ्याडीमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।

उक्त जीप दुर्घटना हुँदा १२ जनालाई सामान्य चोटपटक लागेको र चार जनालाई भने थप उपचारका लागि सिन्धुली जिल्ला अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जु सिग्देलले जानकारी दिइन्। जीपका चालक भने फरार रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ७ : ०० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर