दुई छोरासहित दम्पतीले त्रिशुली नदीमा हाम फाले « Khabarhub

दुई छोरासहित दम्पतीले त्रिशुली नदीमा हाम फाले


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका छन्।

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरुले त्रिशुली नदीमा हाम फालेका हुन् ।

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाको छ ।

धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ। श्रीमती मृत फेला परेकी छिन् भने दुई सन्तान बेपत्ता छन्। उद्धार गरिएका विनयको उपचार भइरहेको छ। बेपत्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए।

बिहीबार साँझ साढे ६ बजे घटना भएको प्रहरीले जनाएको छ।

नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको रेग्मीले जानकारी दिए।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ४१ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर