दुई छोरासहित दम्पतीले त्रिशुली नदीमा हाम फाले « Khabarhub

दुई छोरासहित दम्पतीले त्रिशुली नदीमा हाम फाले


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेका छन्।

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरुले त्रिशुली नदीमा हाम फालेका हुन् ।

काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाको छ ।

धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ। श्रीमती मृत फेला परेकी छिन् भने दुई सन्तान बेपत्ता छन्। उद्धार गरिएका विनयको उपचार भइरहेको छ। बेपत्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए।

बिहीबार साँझ साढे ६ बजे घटना भएको प्रहरीले जनाएको छ।

नदीमा परिवारसहित हाम फाल्नुको कारण खुल्न नसकेको रेग्मीले जानकारी दिए।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ४१ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत