नियमित विद्युत महसुल नबुझाउने आधाभन्दा धेरै « Khabarhub

नियमित विद्युत महसुल नबुझाउने आधाभन्दा धेरै


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा वढी नाघेको छ ।

चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २०० पुगेको छ ।

केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिए ।

केन्द्रको त्रिचालिस हजार ९०० ग्राहक मध्ये ५० प्रतिशतले मात्र नियमित महसुल बुझाउने गरेका र लाइन नकाटेसम्म बाँकी ग्राहकले महसुल नबुझाउने गरेको उनले बताए ।

ती ग्राहकमध्ये ९४ प्रतिशत गार्हस्थ्य र बाँकी ६ प्रतिशत उद्योगधन्दा सेवाग्राही रहेका जनाइएको छ ।

बक्यौता सबैभन्दा धेरै ओम शान्ति फ्रुट प्रोडक्सन प्रालिको रु २७ लाख ५० हजार ८१२ रहेको जनाइएको छ । तर सो प्रालिले मासिक रु १० लाखभन्दा बढी महसुल नियमित तिर्ने गरेको कार्यालयले जनाएको छ ।

त्यसैगरी केही ग्राहकले समयसमयमा मात्र नभई लाइन काटिँदासमेत विद्युत् महसुल बक्यौता नतिरेका कारण कालो सूचीमा राखिएको छ ।

सामान्यतय दुई महिना अर्थात ६० दिनसम्म बक्यौता महसुल बुझाउने ग्राहकको लाइन नकाटिएको र सो समयभन्दा बढी समयसम्म पनि महसुल बुझाउन नआउने ग्राहकको लाइन काटिएको छ ।

“आफूहरुले महसुल बुझाउने समय नाघेका ग्राहकहरुलाई एक पटक विद्युत् महसुल बुझाउन आउन आग्रह गर्ने गरेको र सो समयमा महसुल बुझाउन नआउने वा कार्यलयको आग्रहलाई बेवास्ता गर्ने ग्राहकहरुको लाइन काट्ने गरेको छौ, ” उनले भने । कतिपय ग्राहकहरु लाइन काटिएपछि मात्र महसुल बुझाउन आउने गरेका कार्यलयले जनाएको छ ।

गार्हस्थ्य तथा औद्योगिक क्षेत्रका ग्राहकहरु मात्र नभई सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि विद्युत् महसुल समयमै नतिर्ने सूचीमा परेका छन् । मिटर जडान नगरी विद्युत् तारमा हुक लगाएर तथा मिटरबाट नै चोरी गरी बत्ती बाल्नेहरुको सङ्ख्यामा केही सुधार आएको कार्यालयले जनाएको छ । ७२ जना ग्राहकलाई चोरी चुवाहटमा संग्लग्न भएको भन्दै कारवाही गरिएको छ ।

लालबन्दी, ईश्वरपुर, हरिवन नगरपालिका सबै वडा, वाग्मती नगरपालिकाका ६ वडा, कविलासी नगरपालिकाका वडा नम्बर १ र २ का साथै हरिपुर नगरपालिकाका सबै वडाहरु विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको सेवाक्षेत्र रहेको छ ।

चालू आर्थिक वर्षको श्रावणदेखि माघ २७ गतेसम्म रु १७ करोड ४६ लाख ५९ हजार ८०० महसुल सङ्कलन र साही अवधिमा रु १३ करोड ११ लाख ३६ हजार २१२ महसुल बक्यौता बाँकी रहेको कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको माघ महिनासम्ममा २८२ जना ग्राहकको महसुल नतिरेका कारण लाइन काटिएको उनीहरुबाट रु एक करोड १८ लाख ९५ हजार १२१ बराबर बक्यौता रहेको थियो । २०६ ले विद्युत् महसुलबापतको रकम रु ७३ लाख ८१ हजार २१८ तिरेर लाइन पुनःसुचारु गरेको कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : ५५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष