सात महिनामा १९ प्रतिशतमात्र विकास बजेट खर्च | Khabarhub Khabarhub

सात महिनामा १९ प्रतिशतमात्र विकास बजेट खर्च


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको विकास खर्च निराशाजनक देखिएको छ । चालु आर्थिक बर्षको सात महिना वितिसक्दा पनि विकास बजेट १९ प्रतिशत मात्रै खर्च भएको छ । त्यस्तैगरि प्रदेश स्थरिय विकास खर्चको पनि हालत पनि त्यस्तै छ ।

चालु आर्थिक बर्षको सात महिना बित्दा पनि संघीय सरकारले १८.८५ प्रतिशत र प्रदेशको औसत खर्च पनि १५.५५ प्रतिशत विकास खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

केन्द्रीय सरकारले चालू खर्च भने ३८.२१ प्रतिशत गरेको छ। यसरी केन्द्रको समग्र खर्च ३१.७१ प्रतिशत छ। तर, आर्थिक विकासको कामलाई गति दिनुपर्ने प्रदेश सरकारहरूले आर्थिक वर्षको ७ महिनाको अवधिमा गरेको खर्च अत्यन्तै निराशाजनक छ।

विगतका महिनामा विकास खर्च कम भएकाले पछिल्ला महिनामा स्वत विकास बजेट खर्च कम हुने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलेले बताए । उनले भने, ‘सबै प्रदेश तथा स्थानीय तहमा कमचारी अभाव तथा कमचारी समायोजनका कारणले पनि विकास खर्चले गति लिन्न नसकेको हो ।

कुन प्रदेशको कति खर्च ?

केन्द्र सरकारको मात्रै होइन प्रदेश सरकारको पनि विकास बजेट खर्च निराशाजनक छ। चालु आर्थिक बर्षको सात महिनाको अवधिमा सबै भन्दा धेरै प्रदेश एकले २५.१९ प्रतिशत तथा सबै भन्दा थेरै प्रदेश दुई सरकारले विकास बजेट खर्च गरेका छन् ।

प्रदेश एकको २५.१९ प्रतिशत

प्रदेश एक सरकारले चालु आर्थिक बर्षको सात महिनामा २५.१९ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ४२ अर्ब २० करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

प्रदेश दुईको ४.१५ प्रतिशत

प्रदेश दुई सरकारले चालु आर्थिक बर्षको सात महिनामा ४.१५ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३८ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बाग्मती प्रदेशको १९ प्रतिशत

बाग्मती प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा १९ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशको १९ प्रतिशत

गण्डकी प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा १९ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

प्रदेश पाँचको २२.५८ प्रतिशत

प्रदेश पाँच सरकारले चालु आर्थिक बर्षको सात महिनामा २२.५८ प्रतिशत विकास खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३६ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेशको ५ प्रतिशत

कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा ५ प्रतिशत विकास बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

सुदुरपश्चिम प्रदेशको १३.९७ प्रतिशत

सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षको सात महिनामा १३.७९ प्रतिशत विकास बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षका लागि २८ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा समेत विकास खर्च गर्न नसकेको टिप्पणी दिदै आएका छन् । उनले भनेका छन् ‘संघीय र प्रदेश सरकारहरूको पुँजीगत खर्च अत्यन्तै न्यून भयो। वैदेशिक लगानीका आयोजनामा पनि ढिलाइ भइरहेको छ। हामीलाई जुन गतिमा विकास गतिविधि आवश्यक छ, त्यो गतिमा काम हुन सकेको छैन।

केही आयोजनामा प्रगति भए पनि सन्तोष गर्नुपर्ने अवस्था छैन। हाम्रो काममा अत्यन्त ढिलासुस्ती भयो, राष्ट्रिय गौरवका आयोजनाको प्रगति पनि सुस्त छ।’

सरकारले चालु आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालू खर्च हो भने ४ अर्ब ८ करोड पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि लक्षित विनियोजित बजेट भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : २० बजे

‘लाज शरणम्’का बालकलाकार केसीको कुपोषणको कारण मृत्यु

काठमाडौं – महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा अभिनय

पर्वतमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक गम्भीर

पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित

सुर्खेत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते

नयाँदिल्ली – भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित

काठमाडौं – अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले