गाउँ–गाउँमा सरकारी अनुदानको नून: ढिके छाडेर आयोडिनयुक्तमा बानी पार्दै स्थानीय « Khabarhub

गाउँ–गाउँमा सरकारी अनुदानको नून: ढिके छाडेर आयोडिनयुक्तमा बानी पार्दै स्थानीय


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नून सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन् । ढिके नूनको प्रयोग गर्दै आएका डोटीका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नूनको प्रयोगमा बानी पार्न थालेका छन् ।

सहजै सो नून पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नूनको प्रयोग घट्दै गएको डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताए । उनले भने, ‘पहिला आयोडिन नून आउँदैनथ्यो, अहिले सहजै आयोडिनयुक्त नून पाउन थालेपछि हामीले ढिके नून खान छोडेका छौं ।’

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नूनको गोदामको व्यवस्था गरी नून किन्न सहज र सजिलोे बनाएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिनयुक्त नून वितरण हुन थालेपछि जिल्लाका नौ वटा स्थानीय तहका नागरिकलाई मागअनुसारको नून प्राप्त गर्न सजिलो भएको छ ।

जिल्लाको दिपायल पिपल्लामा मात्रै लिमिटेडले शाखा स्थापना गरी सो नून वितरण गर्दै आएको थियो । विगतमा सो नून लिनका लागि टाढा जानुपर्ने भएकाले पनि स्थानीयहरु ढिके नून नै बढी प्रयोग गर्ने गरेको केआईसिंह गाउँपालिका–५ का स्थानीय चेतराज भट्टले जानकारी दिए । उनले भने, ‘नून लिनका लागि घण्टौँ हिँडेर दिपायल पुग्नुपथ्र्यो, अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको छ र आयोडिन नून नै प्रयोग गर्दै आएका छौं ।’

लिमिटेडले यहाँका गाउँघरमै शाखा कार्यालय स्थापना गरेपछि आयोडिन नून किन्नका लागि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, राजपुरलगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको केआईसिंह गाउँपालिका–७ सलेनाका स्थानीय तथा शिक्षक जगतबहादुर बलायरले जानकाररी दिए । लिमिटेडको दिपायल कार्यालयका अनुसार गाउँबस्तीमै सरकारी अनुदानको आयोडिन नून वितरण हुन थालेपछि ढिके नूनको प्रयोग घट्दै गएको छ ।

आयोडिन नून उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कम हुँदै गएको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ कार्यालयका प्रमुख गोविन्दबहादुर विष्टले बताए । उनले भने, ‘गाउँमा ढिके नून विस्थापित गर्दै आयोडिनयुक्त नूनको प्रयोग बढेको छ, जस्ले गर्दा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कमी आएको छ ।’

आयोडिनयुक्त नूनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रुपमा जिल्लाव्यापी जनचेतना फैलाउन सकिएमा यसको प्रयोगदर अझ बढ्ने डोटी प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको भनाइ छ । उनी भन्छन्, ‘आयोडिन नूनको प्रयोगले हुने फाइदाका बारेमा व्यापक रुपमा जनचेतना फैलाउन सके गाउँमा अलिकति बचेको ढिके नून प्रयोग गर्ने चलनको अन्त हुनेछ ।’

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : ४७ बजे

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती

शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको समस्या समाधानका लागि

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन– नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को

थापाथलीका सुकुमबासी बस्ती खाली, ६ परिवार दशरथ रंगशालामा स्थानान्तरण

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको