अब नेपालीले स्थलमार्गबाट गएर भारत हुँदै तेस्रो देश जान नपाउने « Khabarhub

अब नेपालीले स्थलमार्गबाट गएर भारत हुँदै तेस्रो देश जान नपाउने


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालीले स्थलमार्ग हुँदै भारत प्रवेश गरी तेस्रो मुलुक उड्न नपाउने भएका छन् ।

भारतका लागि नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत प्रवेश गरी तेस्रो मुलुक उडान गर्न खोज्दा आइपर्न सक्ने समस्याबाट बच्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्न अनुरोध गरेको छ ।

खुला सीमानाका कारण कतिपय नेपालीले भारतीय विमानस्थलको प्रयोग गरी तेस्रो मुलुक उड्नका लागि पुग्ने गरेका छन् । तर अब भारत हुँदै तेस्रो मुलुक जान नपाइने भएको हो ।

मध्यपूर्वका साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स लगायत नौवटा देशहरुमा भारतीय विमानस्थल प्रयोग गरी उड्नका लागि नेपाल सरकारले रोक लगाएको छ । तर वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिको स्टिकर लगाएर आएका नेपालीलाई दूतावासबाट नो अव्जेक्सन सििर्टफिकेट बाट उड्न पाउने गरेका छन् । बाँकी देशहरुको हकमा राहदानीमा भारतीय अध्ययागमनबाट भारत प्रवेश गरेको छाप लगाउनु अनिवार्य गरिएको दूतावासले जनाएको छ ।

भारतसँगको खुला सिमाको दुरुपयोग गर्दै मानव तस्करीसमेत हुने गरेको भएकाले नेपाली नागरिकको प्रस्थान अनुमति सम्बन्धमा नेपालको अध्यागमन विभागले स्थलमार्गबाट भारत जानेको राहदानीमा प्रस्थान छाप नलगाउने व्यवस्था कार्यान्वय गरेको छ ।

त्यसरी नेपाली अध्ययागमन कार्यालयले प्रस्थान छाप नलागएपछि सीमा पारी भारतीय अध्ययागमनले समेत आगमन छाप लगाउँदैन । आगम छाप नभएका राहदानी वाहकलाई भारतीय विमानस्थलबाट उडान अनुमति दिइने गरिएको छैन ।

पछिल्लो समय भारत हुँदै तेस्रो देशमा मानव तस्करी बढेको समाचारहरु सार्वजनिक भइरहँदा सरकारले कडाइ गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ३ : ०२ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने