उपत्यकाको पार्किङ व्यवस्थापनमा मन्त्री मानन्धरको चासो « Khabarhub

उपत्यकाको पार्किङ व्यवस्थापनमा मन्त्री मानन्धरको चासो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थापनमा चासो व्यक्त गरेका छन् ।

आइतवार ट्राफिक प्रहरी प्रमुख भीम प्रसाद ढकालसहित सरोकारवालासँग छलफल गर्दै मन्त्री मानन्धरले उपत्यकाको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न निर्देशन दिए ।

ट्राफिक प्रहरी प्रमुख ढकाल, महानगर प्रहरीका प्रमुख धनपति सापकोटा लगायत वरिष्ठ अधिकारीहरु सहभागी कार्यक्रममा मन्त्री मानन्धरले उपत्यकामा तत्कालीन र दीर्घकालीन पार्किङको योजना बनाउन निर्देशन दिएका हुन् ।

‘उपत्यकामा पार्किङ अव्यवस्थित भयो,’ मन्त्री मानन्धरले भने,‘यसलाई व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरु आवश्यक छ ।’
सरकारले सहरी क्षेत्रको पार्किङ व्यवस्थापनका लागि कार्ययोजना बनाइरहेको बताउँदै राज्यमन्त्री मानन्धरले सहरी सुन्दरतालाई कायम राख्ने गरि कार्यक्रमहरु ल्याउने बताए ।

शहरमा खाली रहेका जमिनमा व्यवस्थित पार्किङ स्थल बनाउने बताउँदै मन्त्री मानन्धरले भने,‘उपत्यकामा खाली रहेका स्थानहरुमा व्यवस्थित पार्किङ स्थलहरु बनाइने र ति स्मार्ट हुने गरि निर्माण गर्ने गरि कार्ययोजना तयार हुनेछ ।’

बागमति, विष्णुमति कोरिडोरमा पार्किङको व्यवस्था गर्नुपर्ने मन्त्री मानन्धरको भनाइ थियो ।

चक्रपथ र चक्रपथ भित्र पार्किङको व्यवस्थापन सबैभन्दा महत्वपूण रहेको बताउँदै मन्त्री मानन्धरले भित्री शहरमा नागरिकलाई सहज हुने गरि पार्किङ व्यवस्थापन मिलाउन आग्रह गरे ।

उनले मालवाहक ट्रकहरुका लागिसमेत पार्किङ व्यवस्था मिलाउन सरोकारवालाहरुलाई निर्देशन दिए ।

मन्त्री मानन्धरले बालाजु र बसपार्क क्षेत्रमा पार्किङ अव्यवस्थित भएका कारण सर्वसाधारणले सास्ती व्यहोरेको भन्दै तत्काल समाधान गर्न ट्राफिक र महानगर प्रहरी प्रमुखलाई निर्देशन दिए ।

मन्त्री मानन्धरले कलंकीबाट गौशालासम्मको सडक खण्डलाई ट्राफिक मैत्री बनाइउनका लागि आवश्यक सुझाव दिन ट्राफिक प्रमुख ढकाललाई निर्देशन दिए ।

‘विस्तार भइरहेको चक्रपथलाई व्यवस्थित गर्न, ट्राफिक मैत्री बनाउन र दूर्घटना न्यूनीकरण हुने गरि कसरी व्यवस्थापन गर्न सकिन्छ त्यसका लागि चक्रपथ सुधार आयोजनामा सुझाव दिनुहोला’ मन्त्री मानन्धरले ट्राफिक प्रमुख ढकाललाई निर्देशन दिँदै भने ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ३ : ३३ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष