कोकाकोलाले पाँचौं मोःमोः उत्सव मनाउँदै « Khabarhub

कोकाकोलाले पाँचौं मोःमोः उत्सव मनाउँदै


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोका–कोलाले ५औं कोकाकोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्शियल सार्वजनिक गरेको छ । यस वर्ष मोःमोः भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ ।

यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।

यो टिभीसीमा अभिनेत्री साम्रागी आर।एल। शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत रहेका छन् । साम्रागी रेष्टुरेन्टमा गएर साथीहरुसँग बसेर कोक र मःमः (कोक र मःमःको जेस्चर प्रयोग गरि) अर्डर गरेर टिभीसी शुरु हुन्छ ।

उनका साथीहरु (अलिशा राई, केन्जल श्रेष्ठ, जेय अथर र आइजेन) फोनमै व्यस्त छन् र एकअर्कासँग कुराकानी समेत गरिरहेका हुदैनन् । सबैको मःम आइपुग्छ तर साम्रागीको मःम चाहिँ कोकको बोटल सहित आइपुग्छ । सबैजना फोनमै आँखा गाडेर मःम खाइरहेका हुन्छन् । त्यसपछि साम्रागीको कोकको बोटल पप हुन्छ र त्यो आवाजले सबैको ध्यान तानिन्छ र अन्तत उसका साथीहरुले आफ्नो फोनबाट आँखा हटाउँछन् ।

बाँकी साथीहरुले त्यसपछि आफ्ना लागि कोक अर्डर गर्छन् । अब, सबैजनाले कोकको साथ खानाको मज्जा लिइरहेका छन् र एकअर्कासँग रमाइलो गर्दै छन् । जब बिल आइपुग्छ सबैजना मजाक गरेर बिल तिर्नबाट बच्नका लागि फेरि फोनमा डुबेको जस्तो गर्दछन् । त्यसपछि उनीहरु साम्रागीलाई हेर्छन र हाँस्छन् ।

यो टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ ।

यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेको बताए ।

नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ०२ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले