कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित : स्वास्थ्य मन्त्रालय


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले उद्धार गरि नेपाल ल्याउने क्रममा ज्वरो देखिएका चार जनाको अवस्था अहिले सामान्य रहेको बताए ।

उनीहरुको थ्रोट स्वाब ( र्‍याल) को नमूना परीक्षणका लागि पठाइएको जानकारी चीन स्थित नेपाली दूतावासले दिएको दाहालले जानकारी दिए ।

‘चीनमा कोरोनाको आशंका गरिएका चार जनाको नमूना संकलन गरि परीक्षण गर्न पठाइएको छ । उहाँहरुलाई पहिला रहेकै स्थानमा सुरक्षित रुपमा पुर्‍याइएको छ’दाहालले भने, ‘दूतावासले नै उहाहरूलाई उहाँको बस्ने ठाउसम्म सुरक्षित तरिकाले पुर्याएको छ।’

दाहालका अनुसार चीनमा चार जनामाथि कोरोनाको आशंका गरिएको बताए । कोरोनाको आशंका गरिएका एक जनाका व्यक्तीका पत्नि र उनीहरुका एक सन्तान पनि नआएको उनको भनाइ छ ।

सरकारले चीनमा रहेका नेपालीको उद्धारका लागि शनिवार विमान उहान पठाएका थियो । उहानबाट उद्धार गरि ल्याइएका १ सय ७५ जनालाई अहिले खरिपाटिस्थित क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ४ : ४५ बजे

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग