सरकारकै कारण संघीयता 'धराप'मा : नेता कोइराला | Khabarhub Khabarhub

सरकारकै कारण संघीयता ‘धराप’मा : नेता कोइराला


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारकै कारण संघीयता धरापमा परेको बताएका छन्। कोइरालाले नेकपा सरकार नियन्त्रित प्रजातन्त्रको अभ्यासमा लागेकोले संघीयता लावारिस बनेको बताएका हुन् ।

कम्युनिष्टहरु जनवादी केन्द्रियतामा आधारित शासन व्यवस्थामा विश्वास गर्ने भएकाले वर्तमान नेकपा सरकार नै संघीयता विरोधी रहेको आरोप लगाए ।

डा कोइरालाले भने-“तत्कालीन समयमा संघीयता कांग्रेस, एमाले र माओवादीको ऐजेन्डा नै थिएन। मधेस आन्दोलनकै कारण संघीयता आएको हो।”

डा कोइरालाले संघीयता आफ्नो पार्टीको ऐजेन्डा थियो भनेर जनतासामु कुनै पनी पार्टीले झुटो बोल्न नहुने बताए।

नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौमा आयोजना गरेको “नेकपा सरकारका दुई बर्ष-संघीयता कार्यान्वयनमा उदासीनता”  विषयक कार्यक्रममा उनले सरकारको २ वर्षे कार्यकाल पूर्णरुपमा असफल रहेको बताए।

कोइरालाले वितेको २ बर्षमा महंगी र कालाबजारी बढेको, गरिब-किसान-मजदुरहरुले छाक टार्न नसक्ने अवस्था सिर्जना हुँदै गएको, नीतिगत भ्रष्टाचार संस्थागत हुँदै गएको, दण्डहिनता बढेको,संवैधानिक निकायहरु पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको आरोप लगाए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : ०४ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले