खेलाडी मोफसलमा व्यस्त हुँदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सर्‍यो « Khabarhub

खेलाडी मोफसलमा व्यस्त हुँदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सर्‍यो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी २०२३ छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपालको बन्द प्रशिक्षण ढिला गरि शुरु हुने भएको छ ।

यसअघि एन्फाले सोमबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने बताएको थियो । तर, खेलाडी क्लबबाट मोफसलका प्रतियोगिता खेल्न जाने भएपछि बन्द प्रशिक्षण ढिला गरी शुरु हुने भएको हो ।

अब राष्ट्रिय टोलीको बन्द पव्रशिक्षण फागुन १८ गतेदेखि शुरु हुनेछ । एन्फाले अष्ट्रेलियासँगको खेलका लागि शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ ।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र अभिषेक रिजाल प्रारम्भिक टोलीमै परेका छैनन् । उनीहरु विदेशी लिगमा व्यस्त रहेका कारण प्रारम्भिक टोलीमा नराखिएको एन्फाले बताएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : २५ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु