खेलाडी मोफसलमा व्यस्त हुँदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सर्‍यो « Khabarhub

खेलाडी मोफसलमा व्यस्त हुँदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सर्‍यो


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी २०२३ छनोट अन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धको खेलका लागि नेपालको बन्द प्रशिक्षण ढिला गरि शुरु हुने भएको छ ।

यसअघि एन्फाले सोमबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने बताएको थियो । तर, खेलाडी क्लबबाट मोफसलका प्रतियोगिता खेल्न जाने भएपछि बन्द प्रशिक्षण ढिला गरी शुरु हुने भएको हो ।

अब राष्ट्रिय टोलीको बन्द पव्रशिक्षण फागुन १८ गतेदेखि शुरु हुनेछ । एन्फाले अष्ट्रेलियासँगको खेलका लागि शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ ।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र अभिषेक रिजाल प्रारम्भिक टोलीमै परेका छैनन् । उनीहरु विदेशी लिगमा व्यस्त रहेका कारण प्रारम्भिक टोलीमा नराखिएको एन्फाले बताएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १० : २५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका