२६ जिल्लामा सीडीओ हेरफेर « Khabarhub

२६ जिल्लामा सीडीओ हेरफेर


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ ।

सहसचिवका दरबन्दी हुने जिल्लाहरूमा आइतबार सिडिओको हेरफेर भएको हो । कास्कीमा ज्ञानप्रसाद ढकाल, धनुषामा कोषहरि निरौला तथा मकवानपुरको सिडिओमा दीपकराज नेपालको सरुवा भएको छ ।

धनकुटामा केशवप्रसाद विमली, अछाममा पुण्यविक्रम पौडेल, नवलपरासी पश्चिममा वासुदेव दाहाल, सिन्धुलीमा योगेन्द्रप्रसाद पाण्डे, पाँचथरमा अर्जुनकुमार शर्माको सरुवा भएको छ। गुल्मीमा भरतकुमार शर्मा, बारामा रुद्रप्रसाद पण्डित, तनहुँमा बद्रीनाथ अधिकारीलाई सिडिओ बनाइएको छ ।

कास्कीमा सिडिओ रहेका रमेशकुमार केसीलाई अध्यागमन विभाग तथा धनुषाका सिडिओ प्रदीपराज कँडेललाई कारागार व्यवस्था विभागको महानिर्देशकमा सरुवा गरिएको छ । मकवानपुरका नारायणप्रसाद भट्ट तथा बाराका सिडिओ फणिन्द्रमणि पोखरेलको गृह मन्त्रालयमा सरुवा भएको छ ।

सहसचिव हीरालाल रेग्मी र हरिप्रसाद घिमिरे, गोपालकुमार अधिकारीको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् न्यूनीकरण प्राधिकरणमा पदस्थापन भएको छ ।

केही उपसचिवहरूको पनि सरुवा भएको छ। डा. कृष्ण घिमिरेलाई सहायक प्रजिअ मोरङ, अनुज भण्डारीलाई सिराहा, मुरारी वस्ती र जनार्दन गौतमको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र भोजराज श्रेष्ठको सहायक सिडिओका रूपमा धनकुटा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : ०४ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध