वैदेशिक रोजगारीका लागि कतार पुगेका दुई हजार नेपाली क्‍वारेन्टाइनमा « Khabarhub

वैदेशिक रोजगारीका लागि कतार पुगेका दुई हजार नेपाली क्‍वारेन्टाइनमा


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारले कोरोना भाइरस संक्रमणलाई थप फैलन नदिन भन्दै जोखिम युक्त क्षेत्रका चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको हो । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।

कम्पनीले गेटबाट बाहिर निस्कन नदिएको र कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको कामदारले जनाएका छन् । कम्पनीले कुनै कुराको कमी हुन दिएको भन्दै कामदारहरुले खुसी व्यक्त गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना