प्रेमिका खोज्न २ हजार किमी यात्रा ! « Khabarhub

प्रेमिका खोज्न २ हजार किमी यात्रा !


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चर्चा ब्याप्त छ ।

यो बाहेक फाट्टफुट्ट रुपमा राजनीतिक घटनाक्रमका बिषय पनि चर्चामा छन् । तर संसार नै आश्चर्यचकित हुने एउटा घटना भने अहिले गुपचुप छ । यद्यपि यसले सामाजिक सञ्जाललाई भने तताएको छ ।

भाइरल भएको यो घटनालाई सामाजिक सञ्जालका  प्रयोगकर्ताहरुले सह्रना समेत गरेका छन् । खासमा सामाजिक सञ्जालमा भाइरल भएको यो बिषय बाघको हो ।

जुन बाघले आफ्नो साथीको खोजीमा २ हजार किलोमिटरको यात्रा गरेको छ । भारतको महाराष्ट्रको बुलढाणा जिल्लाको मेलघाट टाइगर रिजर्वको एक बाघको यात्रा र उसले तय गरेको यात्राको म्याप ट्रयाकिङसहितको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको हो।

भारतीय सञ्चारमाध्यम जी न्यूजमा आएको खरब अनुसार यो बाघ आफ्नो प्रेमिकाबाट छुट्टियो । त्यसपश्चात उसले आफ्नी जोडी बघिनीको खोजी गर्न थाल्यो ।

यस क्रममा उसले झण्डै १ बर्षको अवधीमा कैयौं नहर, खेत, जंगल, सडक पार गर्दै प्रेमिका खोज्ने काम तीव्र पार्‍यो । यस अवधिमा उसले थकान वा पीडाको कुनै वास्ता गरेन । उक्त बाघ दिउँसो आराम गर्‍थ्यो र रातभर प्रेमिकाको खोजिमा निस्कन्थ्यो ।

वन विभागका अधिकारीद्वारा ट्वीटरमा सार्वजनिक गरीएको तस्वीर र म्याप ट्र्याकिङ सहितको पोष्ट बाघले गरेको यात्रा र उसको संर्घषलाई उल्लेख गरीएको छ ।

पोष्टको क्याप्सनमा लेखिएको छ, २ हजार किमीको यात्रापछि हाल महाराष्ट्रको बुलढाणा जिल्लाको मेलघाट टाइगर रिजर्वको जंगलमा आइपुगेको छ ।

उक्त ट्वीट भाइरल बनेपछि अनेकौं प्रतिकृयाहरु आउन थालेका छन् । एक प्रयोगकर्ताले बघिनी कति भाग्यशाली छिन्, जसले २ हजार किमीको यात्रा गरेर खोज्न आउने बाघ पाएकी छन् भनेर लेखेका छन् । – जी न्यूजबाट

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : १८ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको