काठमाडौंबाट १० लाख थान बढी मास्क बरामद, लुकाइएका ग्यास सिलिन्डर र सेनिटाइजर खोज्दै प्रहरी « Khabarhub

काठमाडौंबाट १० लाख थान बढी मास्क बरामद, लुकाइएका ग्यास सिलिन्डर र सेनिटाइजर खोज्दै प्रहरी


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को आडमा कालोबजारी गर्नेविरुद्ध प्रहरीले विशेष अपरशेन शुरु गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क तथा सेनिटाइजर (हात सफा गर्न प्रयोग हुने पदार्थ)को कालोबजारी गर्नेविरुद्ध अपरेशन शुरु गरेको छ ।

प्रहरीले शनिबारदेखि शुरु गरेको अभियानअन्तर्गत आइतबार साँझसम्म गरी १० लाख थानभन्दा बढी मास्क बरामद भइसकेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले कोरोना भाइरसको आडमा विभिन्न उपभोग्य बस्तुको कालोबजारी गर्नेविरुद्ध विशेष अपरेशन चलाइएको बताए ।

‘अहिले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छैन, तर भोलिका दिनमा संक्रमण भइसकेको अवस्थामा आवश्यक पर्ने वस्तुहरुको कालोबजारी अहिलेदेखि नै शुरु भएको देखियो । त्यसविरुद्ध हामीले विशेष अपरेशन चलाएका छौं,’ पोखरेलले भने, ‘शनिबार मात्रै हामीले एउटा गोदाममा छापा हानेर ७८ हजार थान मास्क बरामद गरेका थियौं । आइतबार पनि विभिन्न ठाउँमा छापा हान्दा साँझसम्म ठूलो संख्यामा मास्क बरामद हुन पुगेको छ ।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार कपनको एउटा गोदाममा छापा हान्दा १ लाख ६८ हजार मास्क बरामद भएको थियो । प्रहरीले कपनमा छापा हान्ने क्रममा मास्क कालोबजारी गर्ने कार्यमा संलग्न भारतीय नागरिकहरु सुरजकुमार गोयल र सुवास महेश्वरीलाई पक्राउ गरेको छ ।

उनीहरुकै समूहले काठमाडौंको सतुंगलमा पनि ठूलो मात्रामा मास्क लुकाएर राखिएको देखिएको थियो । प्रहरीले सतुंगलस्थित रोहित श्रेष्ठको घरमा रहेको गोदाममा छापा हान्दा झन्डै साढे ८ लाख थान मास्क बरामद गरेको छ ।

प्रहरीले आइतबार साँझ सतंगलस्थित गोदाममा सिलबन्दी गरेर सोमबार बिहान खानतलासी गरेको थियो । तलासीका क्रममा १ सय ७५ वटा बोरामा लुकाएर राखिएको अवस्थामा ८ लाख ५० हजारको हाराहारीमा मास्क बरामद भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।

मास्क लुकाइको भन्ने विशेष सूचनाको आधारमा शनिबार काठमाडौंको डल्लु क्षेत्रमा छापा मार्दा प्रहरीले ७८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो । यस्तै आइतबार साँझ कपनबाट १ लाख ६८ हजार र सतुंगलबाट ८ लाख ५० हजार गरी अहिलेसम्म करिब  १० लाख ९६ हजार थान मास्क बरामद भएको जनाइएको छ ।

लुकाइएका ग्यास सिलिन्डरदेखि मास्क र सेनिटाइजरको खोजी

महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार काठमाडौंका केही ठूला व्यवसायीहरुले अहिले दैनिक उपभोग्यका वस्तुहरु लुकाउन थालेका छन् । खाना पकाउने एलपी ग्यासका सिलिन्डरदेखि मास्क र सेनिटाइजर समेत लुकाइएको प्रहरी स्रोतको भनाइ छ ।

‘हामीले आपूर्तिको तथ्याङ्क हेर्दा बजारमा सेनिटाइजर, मास्क र ग्यास सिलिन्डरहरु लुकाइएको पाइएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अधिकृतले भने, ‘केही ठूला व्यवसायीले आ–आफ्ना व्यापारिक फर्म र पसलहरुबाट समेत सामानहरु उठाएर कालोबजारी गर्ने उद्देश्यले लुकाएर राखेका छन् । हामीले अब ती लुकाएर राखिएका उपभोग्य वस्तु खोज्नेतर्फ अभियान चलाएका छौं ।’

प्रहरीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको सहकार्यमा कालोबजारीविरुद्ध विशेष अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : २६ बजे

रिंकुकुमारी हत्या प्रकरण : वडा सदस्यसहित १४ जनालाई कैद सजाय

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३