मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निःशुल्क खोल्न सकिने « Khabarhub

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निःशुल्क खोल्न सकिने


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निः शुल्क खोल्न सकिने भएको छ ।

नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने ब्यवस्था गरिएको बैंकले जनाएको छ ।

देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने ब्यहोरा समेत बैंकले जनाएको छ ।

भौतिक सेयर प्रमाणपत्र लाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधीको लागि मात्र लागु हुनेछ ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ११ : २३ बजे

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ