इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु « Khabarhub

इरानमा १८१ बालबालिकासहित एक हजार बढी सर्वसाधारणको मृत्यु

२४ घण्टामा १०४ वटा आक्रमण


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

इरान- अमेरिकास्थित मानव अधिकारवादी समाचार एजेन्सी (एचआरएएनए)ले इरानमा एक हजार बढीको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको छ । एचआरएएनएका अनुसार इरानमा ६ दिनमा एक हजार ९७ जना सर्वसाधारणको मृत्यु भएको हो।

मृतकमध्ये १८१ जना १० वर्षमुनिका बालबालिका रहेको उक्त एजेन्सीले जनाएको छ।

एचआरएएनएका अनुसार घाइते हुने नागरिकको सङ्ख्या ५ हजार ४०२ पुगेको छ । घाइतेमध्ये सय भन्दा बढी बालबालिका छन्।

पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा १०४ वटा आक्रमण भएका छन्। यी आक्रमण सैन्य अखडा, चिकित्सा केन्द्र र आवासीय क्षेत्रहरूमा लक्षित रहेको एजेन्सीले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पहिले आक्रमण गर्ने तयारी गरेको सूचना पाएपछि इजरायलसँग मिलेर प्रतिकारको आदेश दिएको बताएका छन्।

इरानले इजरायल र अमेरिकी सैन्य अखडामा जवाफी हमला जारी राखेको छ, जसमा दुबईस्थित अमेरिकी दूतावास र फुजैराह बन्दरगाहमा आक्रमण भएका छन्।

इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने घोषणा गरेपछि यसले विश्वव्यापी तेल आपूर्तिमा सङ्कट पैदा हुने देखिएको छ ।

मध्यपूर्व अर्थात् खाडी क्षेत्रमा युद्धले तनाव बढ्दा त्यसको असरमा नेपालमासमेत देखिएको छ । खाली राष्ट्रमा मात्र करिब १८ लाख नेपाली रहेकाले मध्यपूर्वको तनाव नेपालीका घरघरमा पुगेको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ३१ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न