दक्षिण भारतीय अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक « Khabarhub

दक्षिण भारतीय अभिनेता विजयले लिए दुई फिल्मबाट १ सय ३० करोड पारिश्रमिक


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ सुपरस्टार थालापति विजय केही समयदेखि विभिन्न कारणले चर्चामा रहेका छन् । फेब्रुवरीमा राजश्व विभागले उनको घरमा छापा मारेको थियो ।

दोस्रो पटक पनि राजश्वले उनको घरमा छापा मारेका थिए । ‘बिगिल’ का लागि ठूलो रकम लिएर ट्याक्स नतिरेको शंकामा उनको घरमा छापा मारिएको थियो ।

अभिनेता विजयको घरमा सर्च अपरेशन चलाइएको थियो । जाँचको दौरान आयकर अधिकारिकहरुले विशेष खुलासा गरेका छन् । विजयलाई दुई फिल्मका लागि भारतीय १ सय ३० करोड रुपैयाँ पारिश्रमिक स्वरुप मिलेको थियो ।

जाँचमा विजयलाई यति ठूलो रकम मिले पनि उनले ट्याक्स भने जम्मा गरेको इनकम आयकर विभागका अधिकारिहरुले जानकारी दिएका छन् ।

अभिनेता विजयलाई १ सय ३० करोड ‘बिगिल’ र ‘मास्टर’ का लागि मिलेको थियो । उनले ‘बिगिल’ का लागि ५० करोड र ‘मास्टर’ का लागि ८० करोड बुझेका थिए । उनको घरमा छापा कुनै आकास्मिक थिएन ।

खासमा, उनको पछिल्लो सुपरहिट फिल्म ‘बिगिल’ ले तीन सय करोड छापेको थियो । त्यसबेला आइटी अधिकारिलाई फाइनन्सर अनबूको घरमा ७७ करोड मिलेको थियो ।

विजयको कठिनाइ अझै समाप्त भएको छैन । आइटी अधिकारिहरू विजय र उनको परिवारले गरेको लगानीको छानबिन गरिरहेका छन् । विजयले गरेको केही लगानी अहिले प्रश्नको घेरामा छ ।

अहिले उनी फिल्म ‘मास्टर’ को छायांकनमा व्यस्त छन् । आफ्नो घरमा इनकम ट्याक्सका अधिकारिहरुले छापा मारेपछि उनले केही समयका लागि फिल्मको छायांकन रोकेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १२ : ०० बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट