ललितपुर महानगरले बनाउन थाल्यो मदिराबाट स्यानिटाइजर « Khabarhub

ललितपुर महानगरले बनाउन थाल्यो मदिराबाट स्यानिटाइजर


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानरपालिकाले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा घरेलु कच्चा पदार्थ(मदिरा) को प्रयोग गरी स्टानिटाइजर उत्पादन कार्य सुरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्यानीटाइजर उत्पादन कार्य सुरु गरेको महानगरले जनाएको छ ।

महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको पहलमा नास्टले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर स्यानीटाइजर बनाउन तालिम दिइरहेको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

‘तालिम लिनेहरुमा स्वास्थ्यकर्मी तथा एक जना प्रतिनिधि रहेका छन्’ प्रवक्ता महर्जनले भने, ‘उनीहरुले यो तालिम सिकेपश्चात वडाका अन्य नागरिकहरुलाई पनि सिकाउनेछन् ।’

उनका अनुसार ५ वटा वडाका लागि ६ दिनको तालिम हिजोबाट शुरु भएको हो ।

‘अहिले नगरवासीका लागि लक्षित गरी ह्यान्ड स्यानीटाइजर उत्पादन गर्न वडाहरुमा तालिम दिइरहेका छौं’ उनले खबरहबसँग भने, ‘तालिम पश्चात घर–घरमा पनि बनाउन सकिन्छ ।’

त्यस्तै महानगरले दिएको मास्क उत्पादन तालिम फलादयी बनेको छ । अहिले नगरवासीलाई मात्र नभई बाहिर मार्केटमा पनि ललितपुरका वडामा उत्पादन भएको मास्क विक्रि हुन थालिसकेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १ : १० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित