चितवनका १०१ पत्रकारको आँखा परीक्षण « Khabarhub

चितवनका १०१ पत्रकारको आँखा परीक्षण


१७ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज १०१ जना पत्रकारको आँखा परीक्षण गरिएको छ । 

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो । 

शिविरमा आवश्यक चश्मा र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । महासङ्घका जिल्ला अध्यक्ष वसन्त पराजुलीका अनुसार शाखाका सदस्य र अन्य क्रियाशील पत्रकारहरूको आँखाको परीक्षण गरिएको छ । 

विगत वर्षमा झै यस वर्ष पनि भरतपुर आँखा अस्पतालसँग सहकार्य गरेर शिविर गरिएको उनले बताए।
 
शिविरमा शल्यक्रिया गर्नुपर्ने देखिएका तीन जना पत्रकारको अस्पतालले सहुलियत दररेटमा समय अनुकूल मिलाएर गर्ने अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । 

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ६ : ५७ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज