सबै राजनीतिक दलको सहमतिपछि मात्र ‘एमसीसी’ संसदमा टेवल हुन्छः सभामुख सापकोटा « Khabarhub

सबै राजनीतिक दलको सहमतिपछि मात्र ‘एमसीसी’ संसदमा टेवल हुन्छः सभामुख सापकोटा


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सबै राजनीतिक दलका बिचमा सहमति कायम भएपछि मात्र एमसीसी संसदमा टेवल गर्ने बताएका छन् ।

आज सिंहदरबारमा संसद मामिला रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तक्रियामा सभामुख सापकोटाले सबै राजनीतिक दलका नेता, संसदीय दलका सचेतक लगायत निष्कर्षमा पुगेपछि आफूले सहजीकरण मात्रै गर्ने बताएका हुन् ।

उनले कोरोना भाइरसका कारण एमसीसीको विषयमा भइरहेको बहस नसुनिएको जस्तो भएको भन्दै निरन्तर बहस भइरहेको समेत बताएका छन् ।

उनले भने,‘त्यो त छलफलमा छ । पारित गर्ने कुरा भएपछि सत्तारुढ दल, पार्टीका नेताहरु, दलका नेता, उपनेता, विभिन्न पार्टीका मुख्य सचेतकहरुका बिचमा पनि छलफल चलिरहेको छ । राष्ट्रिय रुपमा पनि छलफल चलिरहेको छ । मैले त सहजीकरण गर्ने कुरा न हो ।’

सभामुख सापाकोटाले राजनीतिक दलले उपसभामुख उम्मेदवारको टुंगो लगाएपछि प्रक्रिया शुरु गर्ने, कार्यतालिका सार्वजनिक गर्ने समेत बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ४ : ५७ बजे

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस