राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना « Khabarhub

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना


३ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि ३० दिनको प्रतिबन्ध र २५५ युरो (करिब २१५ पाउन्ड) जरिवाना आयशा गरेको छ । गत महिना राष्ट्रिय टोलीको बन्द प्रशिक्षण (क्याम्प) बिना अनुमति छाडेर हिँडेपछि उनीमाथि अनुशासनको कारबाही गरिएको हो ।

४१ वर्षीय रोनाल्डोले गत सेप्टेम्बरमा नेसन्स लिग अन्तर्गत नर्वेविरुद्धको खेलमा बेन्चमै सीमित हुनुपरेपछि र अक्टोबर १ मा डेनमार्कविरुद्धको खेलमा पनि सुरुआती-११ मा नपर्ने थाहा पाएपछि टोलीको क्याम्प छाडेका थिए । त्यसपछि जारी गरेको लामो वक्तव्यमा रोनाल्डोले पोर्चुगलका मुख्य प्रशिक्षक जोर्गे जेसुसले दुई पटक बाचा तोडेको भन्दै आफूसँग ‘पूर्ण रूपमा विश्वासघात’ भएको आरोप लगाएका थिए ।

एफपीएफको अनुशासन समितिले डेनमार्कविरुद्धको खेलको दिनदेखि नै लागु हुने गरी प्रतिबन्धको निर्णय गरेकाले रोनाल्डोले १९ दिनको सजाय भुक्तान गरिसकेका छन् । जसका कारण उनले पोर्चुगलका आगामी कुनै पनि खेल गुमाउनु पर्ने छैन । पोर्चुगलले नोभेम्बर १४ मा नेसन्स लिगमा डेनमार्कको सामना गर्नेछ भने त्यसको तीन दिनपछि वेल्सको भ्रमण गर्नेछ ।

अनुशासन समितिले रोनाल्डोले वक्तव्यमार्फत व्यक्त गरेको पश्चाताप, फुटबल खेलमा पुर्‍याएको योगदान र उनको खेलकुद उपलब्धिलाई ध्यानमा राख्दै सजाय तोकिएको जनाएको छ । रोनाल्डोले आफ्नो बचाउका क्रममा पुरस्कार र उपलब्धिहरूसहितको विवरण (सिभी) समेत पेस गरेका थिए । उनले यसअघि नै टोलीका साथीहरू र समर्थकहरूसँग माफी माग्दै आफू सजायको भागीदार रहेको स्वीकार गरेका थिए ।

प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता वा बाचा नगरिएको स्पष्ट पारे पनि उनलाई टोलीमा फर्किने ढोका खुल्लै रहेको बताएका छन् । एफपीएफका अध्यक्ष पेड्रो प्रोएन्साले यो विषय समाधान भएसँगै रोनाल्डोलाई राष्ट्रिय टोलीमा फर्काउने तीव्र इच्छा रहेको बताएका छन् ।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गर्दै पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल र खेलको विश्वकीर्तिमान बनाएका छन् । उनी सम्मिलित पोर्चुगलले सन् २०१६ को युरोकप र दुई पटक नेसन्स लिगको उपाधि जितिसकेको छ । सन् २०२२ को डिसेम्बरमा साउदी क्लब अल-नासर पुगेका रोनाल्डोले गत वर्ष सम्झौता नवीकरण गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ६ : १० बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६