कोरोनाको संक्रमण रोक्न ‘डब्लुएचओ’को मापदण्ड पूरा गर्न चिकित्सक संघको माग « Khabarhub

कोरोनाको संक्रमण रोक्न ‘डब्लुएचओ’को मापदण्ड पूरा गर्न चिकित्सक संघको माग


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमित बिरामीको उपचार संलग्न चिकित्सकलाई विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर काम गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रशिक्षण, वीमा र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने माग राखेको हो ।

संघले कोरोना भाइरसबाट संक्रमित बिरामीको पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु रहने भएकाले स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि एड्भान्स पर्सनल प्रोटेक्टिभ इक्प्युमेन्ट लगायत संक्रमणबाट जोगिने सामाग्री पर्याप्त रुपमा उपलब्ध गराउन समेत माग गरेको छ ।

संघले कोरोना भाइरसको संक्रमण विरुद्ध लाग्न सरकारलाई सहयोग गर्न आफूहरु तत्पर रहेको समेत जनाएको छ ।

काठमाडौं उपत्यका र प्रदेशहरुमा निश्चित सरकारी तथा निजी अस्पतालहरुमा कोरोना भाइरसको मात्र उपचार गर्ने व्यवस्था मिलाउन संघले आग्रह गरेको छ ।

कोरोना भाइरसको उपचारका लागि तोकिएका अस्पतालमा रहेका अन्य रोगका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गरी कोरोनाको उपचारका लागि ती अस्पतालहरुलाई कोरोनाको उपचारका लागि तयारी अवस्थामा राख्छ समेत सुझाव दिएको छ ।

संघले कोरोना भाइरसको संक्रमण फैलिन नदिन, जोखिम न्युनिकरण गर्न र रोकथामका लागि सरकारलाई १२ बुंदे सुझाव सहितको माग सरकारसँग राखेको हो ।

यस्तो छ संघको १२ बुंदे माग

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : ०९ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन