२० हजार घुससहित विद्युत प्राधिकरणका सुपरभाइजर पक्राउ « Khabarhub

२० हजार घुससहित विद्युत प्राधिकरणका सुपरभाइजर पक्राउ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणको रत्नपार्क (काठमाडौं) वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर २० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

जडित विद्युत लाइनमा क्षमता बृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग लिएको घुससहित इलेक्ट्रिकल सुपरभाइजर कैलाश प्रसाद दाहाल पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दाहाललाई घुससहित पक्राउ गरेको हो ।

दाहाललाई नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रबाटै पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : १५ बजे

बङ्गलादेश डाइभर्ट भएको नेपाल एयरलाइन्सको जहाज पुनः थाइल्याण्ड उड्दै

काठमाडाैँ- थाइल्याण्डको बैंकक उडानका क्रममा केही प्राविधिक समस्या आएपछि बङ्गलादेश

बझाङको अर्गानिक आलुले पाएन बजार

बझाङ – सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता

पूर्वी नवलपरासीमा धानको उत्पादन बढ्यो

नवलपरासी – पूर्वी नवलपरासीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन

‘विश्वभर १० वर्षमाथिका ७३ प्रतिशत मानिसले मोबाइल चलाउँछन्’

एजेन्सी – संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ

बाजुरामा आज पनि हुन सकेन मतगणना

बाजुरा – बाजुरामा आज बुधबार पनि मतगणना सुरु सकेको छैन