२० हजार घुस लिएको अभियोगमा विद्युत् प्राधिकरण सुपरभाइजर  पक्राउ | Khabarhub Khabarhub

२० हजार घुस लिएको अभियोगमा विद्युत् प्राधिकरण सुपरभाइजर  पक्राउ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाललाई पक्राउ गरेको छ ।

नयाँ मिटरको क्षमता वृद्धिको लागि नियमानुसार राजश्व तिरी प्रक्रिाय अगाडि बढाउँदा समेत काम झन्झटिलो हुन्छ भन्दै दाहालले सेवाग्राहीसँग घुस मागेको आयोगको आरोप छ ।

आयोगले उनलाई कार्यालयको सेवाग्राही फाँटबाटै पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले राम्चे आधारभूत विद्यालय मराङ म्याग्दीका शिक्षक छोटेलाल ठाकुरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ०० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका