स्थानीयकै परामर्श लिएर शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्छौं : मेयर महर्जन « Khabarhub

स्थानीयकै परामर्श लिएर शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्छौं : मेयर महर्जन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले शंखमूलमा निर्माण गर्न लागेको विद्युतीय शवदाह गृह कस्तो बनाउने भन्ने विषयमा स्थानीयको सुझाव लिने भएको छ ।

विद्युतीय शवदाह गृह निर्माणको विरोध गर्दै सोमबार महानगरपालिका पुगेका स्थानीय बासिन्दासँग महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले छलफल गरेर नै शव दाह गृह निर्माण गरिने जनाएका हुन् ।

स्थानीयसँग उनले भने, ‘यो गृहको डिजाइन फाइनल गर्दा तपाईहरुसँग बसेर गर्छौ,तर विद्युतीय शवदाह गृह निर्माण गर्ने सन्दर्भमा महानगर पछि हट्दैन ।’

उनले स्थानीयको सुझावलाई शवदाह गृह निर्माणको क्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्युतीय शवदाह गृह निर्माणको निर्णय कार्यपालिका बैठकको मात्रै नभएर नगरसभाको समेत भएको प्रमुख महर्जनले स्पष्ट पारे ।

उनले भने, ‘यो मेरो व्यक्तिगत निर्णय होइन ,महानगरका सम्पूर्ण जनप्रतिनिधिको निर्णय हो । ’

उनले शंखमूलमा अधिकाशं पाटनबासीको दाहसंस्कार गरिने बताउँदै विद्युतीय शवदाह गृह त्यहाँ अत्यावश्यक भएको स्पष्ट पारे ।

शंखमुल नेपालको सबैभन्दा लामो घाट हो । यसलाई दोस्रो पशुपति पनि भनिन्छ ।

खुल्ला वातावरणमा लाश जलाउँदा वातावरण विनाश हुने भएकाले विद्युतीय शवदाह गृह निर्माण गर्न लागेको प्रमुख महर्जनले बताए । दाउरा प्रयोग गरेर लाश जलाउँदा हुने वन विनाश समेत यसले रोक्ने उनको धारणा थियो ।

महानगरलाई विद्युतीय शवदाह गर्ने मेसिन दाताबाट प्राप्त भएको छ । उक्त केन्द्र निर्माणका लागि घाटसँगैको जग्गा महानगरले अधिग्रहण गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : २१ बजे

एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न

बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन

मिराजसहितका जेन-जीले घेरे बालुवाटार, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- जेन-जी अभियान्ता मिराज ढुंगानासहितका समूह र प्रहरीबीच बालुवाटारस्थित प्रधानमन्त्रीको

बीमामा रहेको बेथिति हटाउने कुरा प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतमले औषधीको व्यवस्थापन, आपूर्ति

‘श्रीलंकामा तीन लाख ६५ हजारभन्दा बढी बेरोजगार’

एजेन्सी– श्रीलंकालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरू बेरोजगार