असिना पानीबाट पीडित किसानलाई क्षतिपूर्ति दिइने मन्त्री अर्यालको आश्वासन « Khabarhub

असिना पानीबाट पीडित किसानलाई क्षतिपूर्ति दिइने मन्त्री अर्यालको आश्वासन


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गरेकी छिन ।

मन्त्री अर्यालले आज किसानको खेतबारीमै पुगेर शनिबार राति हावाहुरीसहित आएको असिनापानीले गाउँपालिकामा पुर्‍याएको क्षतिको निरीक्षण गरेकी हुन् ।

असिनापानीले ठूलो क्षति पुर्‍याएको वडा नं ४ को आरुखर्क र २ को कुडुलेमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई घटनाबाट विचलित नहुन उनले आग्रह गरिन् ।

कृषिका माध्यामबाट समृद्धि ल्याउने योजनाको साथ अगाडि बढेको फेदीखोला गाउँपालिकामा असिनापानीले पुर्‍याएको क्षतिले आफूलाई दुःखी बनाएको बताउँदै उनले प्राकृतिक विपत्तिबाट ठूलो क्षति हुन पुगे पनि फेरि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न त्यस क्षेत्रका किसानलाई आग्रह गरिन् ।

“तपाईहरु कति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस्, राज्यले तपाईहरुलाई सहयोग गर्छ”, मन्त्री अर्यालले भनिन्, “क्षतिको पूर्ण विवरण आइसकेपछि सङ्घ प्रदेश र स्थानीय तह मिलेर उचित क्षतिपूर्ति दिने व्यवस्था सरकारले गर्छ ।”

शनिबार राति परेको असिना पानीले वडा नं १ र वडा नं ४ मा पूर्णरुपमा क्षति पुर्‍याएको छ भने अन्य वडामा आंशिक क्षति पुर्‍याएको छ ।

असिना पानीका कारण टनेल, कुखुराको फार्म, किसानले लगाएको तरकारी टमाटर, साग, काउली, बन्दा, सुन्तलाको रुख, डाले घाँसलगायतमा क्षति पुगेको वडा नं ४ का अध्यक्ष माधव शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : १५ बजे

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस