आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न आग्रह « Khabarhub

आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न आग्रह


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै आपतकालीन क्वारेन्टाइनको तयारीमा जुट्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

आज बसेको कार्यालय प्रमुखहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले कोभिड–१९ लागेको हो या होइन भनेर थाहा पाउन प्रदेश नं १ मै ल्याब टेस्टको व्यवस्था गर्न माग भइरहेको जानकारी दिँदै सबै स्थानीय तहलाई आपतकालीन क्वारेन्टाइनको तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

“सीमा नाकामा उच्च सतर्कता अपनाएका छौं, आजका मितिसम्म झापामा त्यस्तो सङ्क्रमित कोही छैन”, उनले भने, “तर भविष्यमा केही भइहाल्यो भने पूर्व तयारी अवस्थामा रहँदा समस्याको समाधान गर्न सजिलो हुन्छ ।”

प्रजिअ रानामगरले सबै स्थानीय तहलाई वडावडासम्म स्वयम्सेवक समिति गठन गरेर सचेतनामूलक कार्यक्रम गर्न, सर्वसाधारणमा भ्रम सिर्जना हुने गतिविधि नगर्न र सबैलाई अनिवार्य रुपमा साबुन पानीले हात धुन सिकाउन आग्रह गरे ।

जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले झापाका सीमा नाका काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कोरोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेको स्वास्थ्यपरीक्षण गर्ने काम भइरहेको बताए ।

उनले हालसम्ममा २४ हजार बढीको स्वास्थ्य जाँच गरिएको जनाउँदै पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न लागेका ज्वरो देखिएका १२ भारतीयलाई फिर्ता पठाइएको जानकारी दिए ।

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ट डा पिताम्बर ठाकुरले अस्पतालमा दुई दिनभित्रमा चार वटा बेड भएको आइसोलेसन कक्ष स्थापना गरिने बताए ।

उनले भने, “हामीसँग खाली कोठा छैन, इलेक्ट्रोनिक सर्जरी बन्द गरेर त्यही रुमलाई आइसोलेसन कक्ष बनाउँछौं ।”

उनले सरकारले चाँडै बजेट पठाइदिएमा एक हप्ताभित्रमा पाँच आइसोलेसन कक्ष र दुईवटा भेन्टिलेटरसहितका आईसीयू कक्ष बनाउन अस्पताल समिति तयार रहेको बताए ।

बैठकमा स्थानीय तहका प्रशासकीय अधिकृतहरुले आ–आफ्ना क्षेत्रमा तयारीका बारेमा छलफल भइरहेको र आफूहरुले गरिरहेको गतिविधिका बारेमा जानकारी दिएका थिए ।

प्रजिअ अधिकारीले सबै कार्यालयका कर्मचारीलाई कार्यक्षेत्रमा खटिँदा अनिवार्य माक्सको प्रयोग गर्न र सेवाग्राहीका लागि कार्यालयमा साबुन पानीको व्यवस्था गरिदिन कार्यालय प्रमुखहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : ३० बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील