नियमित ग्यास आयात भएको छ, अभाव हुँदैन : ग्यास बिक्रेता महासंघ « Khabarhub

नियमित ग्यास आयात भएको छ, अभाव हुँदैन : ग्यास बिक्रेता महासंघ


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघ तथा ग्यास बिक्रेता महासंघले संयुक्त रूपमा बढी मात्रामा ग्यास नथुपार्न आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले ग्यासको आयात विगतभन्दा पनि हालको अवस्थामा केही बढी नै रहेकाले सम्पूर्ण उपभोक्तामा धैर्य गर्न आग्रह गरे ।

ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गर्दै व्यवसायीलाई नयाँ सिलिन्डर नबेच्नसमेत निर्देशन दिएको बताए ।

ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले बजारमा एक करोड २३ लाख सिलिन्डर रहेको जनाउँदै कोभिड–१९ का कारण हाल दैनिक एक लाख सिलिन्डर खपत भएको बताए ।

उनका अनुसार तराईमा भन्दा काठमाडौंँमा धेरै माग भएको छ । सन् २०१८ मा ३३ हजार मेट्रिक टन ग्यास खपत भएकामा सन् २०१९ मा ३८ हजार र सन् २०२० को हालसम्म ४३ हजार मेट्रिक टन खपत भइसकेको छ ।

फागुका कारण एलपी ग्यास आयात एक साता बन्द भएको थियो । फागुसँगै कोभिड –१९ को अनावश्यक हल्लाका कारण केही ढिलाए भए पनि नियमित रूपमा ग्यास आयात भएको हुँदा मौज्दात नराख्न श्रेष्ठले आग्रह गरे ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  १० : ४५ बजे

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं– दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो